फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

एशिया तथा प्रशान्तक्षेत्रको आर्थिक तथा सहयोग संगठनको उद्योगी नेताको शिखर सम्मेलनमा सी चिन फिङको सम्बोधन

(GMT+08:00) 2018-11-17 17:03:10

एशिया तथा प्रशान्त क्षेत्रको आर्थिक तथा सहयोग संगठनको उद्योगी नेतास्तरीय शिखर सम्मेलन सत्र तारिख पपुआ न्यू गिनीको राजधानी पोर्ट मोर्सबीमा आयोजना भएको छ। सो सम्मेलनमा चीनका राष्ट्राध्यक्ष सी चिनफिङले उपस्थित भएर सम्बोधन गर्नुभएको छ।

सो असरमा उहाँले वर्तमान विश्व ठूलो विकास र सुधारको अवधिमा रहेको बताउँदै संरक्षणवाद र एकपक्षीयतावादले विश्वको आर्थिक वृद्धिलाई नकारात्मक प्रभाव पारेको विचार व्यक्त गर्नुभयो। नयाँ प्रविधिको क्रान्ति र ‌औद्योगिक क्रान्ति हुँदैछ तर वृद्धिको नयाँ र पुरानो गतिशील ऊर्जाको रुपान्तरण नभएको सीले औंल्याउनुभयो। उहाँले अन्तर्राष्ट्रिय ढाँचा गहिरो रुपमा परिवर्तन भएको तर विकासको असन्तुलित अवस्थाको मूल सुधार नभएको भन्दै विश्व व्यवस्थापन सिस्टमको छिटो सुधार भएपनि व्यवस्थापन ढीलो भएकोले समस्या अझै सर्वाधिक ठूलो चुनौती बनेको पनि उल्लेख गर्नुभयो।

सीले विश्व व्यवस्थापनको लागि पाँच वटा प्रस्ताव प्रस्तुत गर्नुभयो अर्थात् एक, खुलापनमा अडिग रहेर विकासको दायरा विस्तृत गर्नुपर्छ। दुई, विकासमा अडिग रहेर जनतालाई फाइदा पुर्‍याउनुपर्छ। तीन, उदारमा अडिग रहेर अन्तर्क्रिया र आपसी सिकाइलाई बढाउनुपर्छ। चार, नवीन सिर्जनामा अडिग रहेर विकासको स्रोतलाई बढाउनुपर्छ। पाँच, नियममा अडिग रहेर विश्व व्यवस्थापनको सुधार गर्नुपर्छ।

चीनको सुधार तथा खुलापन नीति सं‍चालन भएको चालीस वर्षबारे चर्चा गर्दै राष्ट्राध्यक्ष सीले सुधार तथा खुलापन भएर मात्रै चीनको विकास गर्नसक्ने चिनियाँ जनताले बुझेकोले भविष्यमा चीनले अझै जिम्मेवार, उदार र गुणस्तरीय विकास लिएर विश्वको संयुक्त समृद्धिको लागि अझ ठूलो योगदान गर्ने दोहोर्‍याउनुभयो।

जानकारी तथा लेखहरु