फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

एशिया तथा प्रशान्त विकासको चौबाटोमा चिनियाँ योजनाबाट दिशानिर्देश

(GMT+08:00) 2018-11-17 18:51:37

सत्र तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले एशिया तथा प्रशान्त क्षेत्रको आर्थिक तथा सहयोग संगठनको उद्योगी नेताको शिखर सम्मेलनमा संयुक्त मिलेर असल भविष्यको सिर्जना विषयक सम्बोधन गर्नुभएको छ। उहाँले वर्तमान विश्वको परिवर्तित स्थितिबारे व्याख्या गर्नुका साथै खुला, विकास, उदार, नविन सिर्जना र योजनाआधारित पाँच प्रस्ताव प्रस्तुत गरी एशिया तथा प्रशान्त क्षेत्रका विभिन्न आर्थिक समूहले कसरी विश्व आर्थिक विकासको दिशा पक्डने र प्रभावकारी विश्व व्यवस्थापनको चिनियाँ योजना पनि प्रस्तुत गर्नुभयो।

यसैबीच पपुआ न्यू गिनीको वित्तीय समूहका महाप्रबन्धक एण्डी कोनानुले यो उत्तम सम्बोधनबाट सबै मुलुकले मिलेर साझा फाइदा पाउनसक्ने चेतना आफूले पाएको बताउनुभयो। पपुआन्यूगिनीको दक्षिण प्रशान्त पोष्ट कुरियरका पत्रकार रोबर्ट आबालाले सबै मुलुकका जनताका लागि सुन्दर जीवनको परिकल्पना गर्ने राष्ट्राध्यक्ष सीको भनाइबाट निकै गहिरो प्रभाव पारेको उल्लेख गर्नुभयो। तत्स्थानमा धेरै पटक बजाइएको तालीबाट राष्ट्राध्यक्ष सीको भाषण र सहभागीको सोचाइ, एशिया तथा प्रशान्त क्षेत्रको साझा अपेक्षा, सो क्षेत्रका जनताका साझा हित अनुकूल रहेको देखिन्छ।

जानकारी तथा लेखहरु