फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका राष्ट्राध्यक्ष सी चिन फिङ र दक्षिण कोरियाका राष्ट्रपति मून जाए-इनबीच भेट

(GMT+08:00) 2018-11-17 19:37:15

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले सत्र तारिख पोर्ट मोर्सबीमा दक्षिण कोरियाका राष्ट्रपति मून जाए-इनसँग भेट वार्ता गर्नुभएको छ।

सो अवसरमा सीले चीन-दक्षिण कोरिया रणनीतिक सहयोगी साझेदारी सम्बन्धलाई अझ गहन पारी क्षेत्रीय दीर्घकालीन शान्ति र समृद्धिको लागि सक्रिय योगदान गर्नुपर्ने दोहोर्‍याउनुभयो।चीनले दक्षिण कोरिया र उत्तर कोरियाले आपसी सम्बन्धको सुधार गरिरहन समर्थन दिएको सीले उल्लेख गर्नुभयो।

प्रत्युत्तरमा मून जाए-इनले चीनसँग मिलेर सहयोग बढाई दुई देशका जनतालाई फाइदा पुर्‍याउने इच्छा लिएको व्यक्त गर्नुभयो। कोरियाली प्रायद्वीपको स्थिति सुधार गर्न चीनले गरेको महत्वपूर्ण भूमिकाप्रति दक्षिण कोरियाले उच्च प्रशंसा गर्नुका साथै चीनसँग अझ घनिष्ठ सहयोग गर्ने इच्छा लिएको बताउनुभयो।

जानकारी तथा लेखहरु