फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विश्व अर्थतन्त्रको जहाज अझ उज्ज्यालो भविष्यतिरः जनदैनिक अखवार

(GMT+08:00) 2018-11-18 14:16:01
सत्र तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले एशिया तथा प्रशान्त क्षेत्रको आर्थिक तथा सहयोग संगठनको उद्योग नेतास्तरीय शिखर सम्मेलनमा सम्बोधन गर्नुभएको छ। जसबाट अन्तर्राष्ट्रिय समूहको व्यापक ध्यान तानिएको छ। चीनको जनदैनिक अखवारले विश्व अर्थतन्त्रको ठूलो जहाजलाई अझ उज्ज्यालो भविष्यतिर लैजाने शीर्षक टिप्पणी सार्वजनिक गरी वर्तमान विश्व अर्थतन्त्रसमक्ष जोखिम देखिँदा सबै मिलेर विकास गरेको खण्डमा अझ उज्ज्यालो भविष्य आउनसक्ने व्यक्त गरेको छ।

लेखले वर्तमान विश्वसमक्ष सयौँ वर्ष नदेखिएको ठूलो परिवर्तित अवस्था देखापरेको छ भन्दै सहयोग कि विरोध, खुला कि बन्द, भन्ने चौबाटो हामीहरू आइपुगेको लेखेको छ। राष्ट्राध्यक्ष सीले सम्बोधन गर्दै हामी एकै जहाजमा बसेका छौँ भन्दै इतिहास नबिर्सीकन सहयोगका साथ विश्वलाई अझ राम्रो बनाउन अपील गर्नुभयो। त्यसको लागि सीले पनि पाँच वटा प्रस्ताव प्रस्तुत गर्नुभयो। सीको निर्देशनमा खुला र सहयोग बढाइ संयुक्त रुपमा चुनौतीको सामना गरेमा विश्व आर्थिक विकासबाट साझा फाइदा र विश्व व्यवस्थापन प्रणाली अझै न्यायिक तथा उचित रूपमा विकसित हुनसक्ने लेखमा बताइएको छ।

जानकारी तथा लेखहरु