फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

एशिया प्रशान्त आर्थिक सहयोग संगठन नेतास्तरीय सम्मेलनमा चिनियाँ राष्ट्राध्यक्षको संवोधन

(GMT+08:00) 2018-11-18 14:16:23

स्थानीय समयअनुसार अठार तारिख बिहान एशिया प्रशान्त आर्थिक सहयोग संगठन नेतास्तरीय अनौपचारिक सम्मेलन पपुआन्यूगिनीको मोर्सबी पोर्टमा सुरु भयो। चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले यस सम्मेलनमा भाषण दिँदै एशिया प्रशान्त क्षेत्रका विभिन्न आर्थिक समूहले सारा विश्व अर्थतन्त्रको समष्टिगत प्रवृत्ति बमोजिम क्षेत्रीय एकीकरणलाई प्रवर्द्धन गर्ने सिद्धान्त कायम राख्दै उच्च स्तरतर्फ विकास गर्ने धारणा राख्नुभयो।

"समावेशी मौका छोप्दै डिजिटल अर्थतन्त्रको भविष्यको स्वागत"भन्ने मुख्य विषय लिइएको यस सम्मेलनमा राष्ट्राध्यक्ष सीनले चार विचारधारा प्रस्तुत गर्नुभयो। त्यो भनेको क्षेत्रीय अर्थतन्त्रको एकीकरणलाई द्दढ प्रवर्द्धन गर्नु, नवीन शक्तिले नयाँ प्रवर्द्धन शक्तिलाई हुर्काउनु,पारस्परिक सम्पर्क नेटवर्कलाई पूर्णता दिलाउँदै समेटिएको संयुक्त विकासलाई प्रवर्द्धन गर्नु, र साझेदारी सम्बन्धलाई गहन पार्दै संयुक्त रुपमा साझा चुनौतीको सामना गर्नु गरी चार विचारधारा रहेको छ।

यस सम्मेलनमा भाग लिएका नेताहरुका अनुसार एशिया प्रशान्तको अर्थतन्त्रको भविष्य राम्रो देखिन्छ। तर पनि यसका सामु व्यापारिक बाधा, व्यापार संरक्षणवाद आदि धेरै चुनौती देखापरेका छन्। वर्तमान परिस्थितिमा सम्बन्धित पक्षहरूले बहुपक्षीयवाद र बहुपक्षीय व्यापारिक प्राणालीको द्दढ कायम राख्दै यस क्षेत्रको व्यापारिक निर्माणलाई प्रवर्द्धन गर्नसक्छन्।

जानकारी तथा लेखहरु