फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ राष्ट्राध्यक्षको भाषणबाट विभिन्न क्षेत्रको हार्दिक प्रतिक्रिया

(GMT+08:00) 2018-11-18 14:16:44

नोभेम्बर सत्र तारिख पोर्ट मोर्सबीमा चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले त्यहाँ आयोजना भएको एशिया प्रशान्त संगठनको उद्योग तथा वाणिज्य नेतास्तरीय शिखर सम्मेलनमा 《संयुक्त रुपमा सुन्दर भविष्यको सिर्जना》विषयक मुख्य भाषण दिनुभयो जसप्रति विभिन्न क्षेत्रले हार्दिक प्रतिक्रिया दिएको छ।

प्रशान्त महासागर टापू मुलुक मञ्चका व्यापार तथा लगानी पदाधिकारी एवं चीनका लागि व्यापार पदाधिकारी डेभिड मोरिसले राष्ट्राध्यक्ष सीद्वारा जोड दिइएको खुल्ला निर्देशनको पीछाले मनमा गहन छाप पारेको छ। उहाँका अनुसार खुलापन र सहयोग नै समावेशी तथा दिगो विकासलाई साकार तुल्याउने एउटा मात्रै बाटो हो। साझेदारी सम्बन्धको निर्माण नै वैमनस्यताभन्दा राम्रो हुन्छ।

अमेरिकाको कोलम्बिया विश्वविद्यालयका प्राध्यपक जेनिक रेडनले राष्ट्राध्यक्ष सीको भाषणमध्ये बहुपक्षीयवाद सम्बन्धी धारणामा जोड दिनुभएको छ। उहाँका अनुसार विश्व व्यापार संगठन जस्तै बहुपक्षीय अन्तर्राष्ट्रिय संगठनमा केही सुधार गर्नुपर्छ। विभिन्न मुलुकले बहुपक्षीयवादको प्रारुपमा केही मतभेदसहित अन्तर्राष्ट्रिय विषयको संयुक्त सामना गर्नुपर्छ।

राष्ट्राध्यक्ष सीले उक्त भाषणमा "एक पेटी एक मार्ग" निर्णय प्रस्ताव नै चीन र विश्वले संयुक्त अवसरको उपभोग गर्ने उज्यालो बाटो भनी बताउनुभएको छ। यसप्रति डेबिडले एक पेटी एक मार्ग नै चीनद्वारा विश्वका लागि गरिएको एक सकारात्मक योगदान भएको बताउनुभयो। यस योगदानले विकासोम्मुख मुलुकको पूर्वाधार प्रबन्ध र पारस्परिक सम्पर्कको निर्माणलालाई प्रवर्द्धन गरेको देखिन्छ।

जानकारी तथा लेखहरु