फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा दिगो लगानी र उत्पादकत्व बढाउन विश्वबैंकको सुझाव

(GMT+08:00) 2018-11-18 14:17:17

विश्व बैंक र अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी)ले गरेको एक अध्ययनले नेपालमा दिगो लगानी र उत्पादकत्व बढाउनका लागि विभिन्न पाँच क्षेत्रलाई प्राथमिकतामा राखेर लगानी गर्नुपर्ने औंल्याएको छ। अध्ययनले पर्यटन, कृषि व्यवसाय, शिक्षा, स्वास्थ्य र सूचना प्रविधिको क्षेत्रमा व्यापक लगानीको आवश्यकता रहेको उल्लेख गरेको छ। निजी क्षेत्रको सहभागिताबिना पर्याप्त लगानी सम्भव नहुने जनाउँदै अध्ययनले निजी लगानीका लागि क्षेत्रले बेहोर्दै आएको विद्यमान अवरोध हटाउन तत्काल प्रभावकारी कदम चाल्न सरकारलाई सुझाव दिएको छ। प्रतिवेदनमा नेपालमा निजी क्षेत्रलाई लगानीका लागि आकर्षित गर्न रहेका मुख्य अवरोध, चुनौती तथा समाधानका उपायहरु सुझाइएको छ।

'क्रियटिङ मार्केटस् इन नेपाल : कन्ट्री प्राइभेट सेक्टर डाइग्नोस्टिक' प्रतिवेदन सार्वजनिक गर्दै विश्व बैंकका दक्षिण एसिया क्षेत्रीय उपाध्यक्ष हार्टविग साफरले नेपालमा निजी क्षेत्रलाई लगानी र व्यवसायका लागि केही कानुनी र व्यवहारिक चुनौती रहेको बताउनुभयो। ती चुनौतीलाई हटाउँदै लगानीको वातावरण बनाउन सरकारले प्रभावकारी कदम चाल्नुपर्नेमा उहाँको जोड थियो।

आइएफसीकी नेपाल, भुटान र भारतका लागि निर्देशक वेन्डी जो वेर्नरले नेपालमा स्थिर सरकार आएसँगै लगानीका अवसर सिर्जना भएको बताउनुभयो। अर्थमन्त्री युवराज खतिवडाले अध्ययनमा औंल्याइएका समस्याहरु यथार्थ रहेको भन्दै सुधार गर्दै अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभयो। निजी क्षेत्रलाई लगानीका लागि अप्ठेरो पार्ने केही ऐन कानुन संशोधन एवं खारेजीको प्रक्रिया अन्तिम चरणमा रहेको उहाँले बताउनुभयो, नागरिकन्यूज डटकमले लेखेको छ।

जानकारी तथा लेखहरु