फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालका परराष्ट्रमन्त्रीको जापान भ्रमण शुरू

(GMT+08:00) 2018-11-18 14:17:53

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली सात सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै टोकियोतर्फ प्रस्थान गर्नुभएको छ। आफ्ना जापानी समकक्षी तारो कोनोको निमन्त्रणामा जापानको पाँच दिवसीय औपचारिक भ्रमणका क्रममा दुई देशका मन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ।

परराष्ट्र मन्त्रालयका अनुसार दुवै देशका परराष्ट्रमन्त्रीको उपस्थितिमा यही मङ्सिर ३ गते नेपाल र जापानबीच खाद्य सहायतासम्बन्धी समझादारीपत्रमा हस्ताक्षर भई परस्परमा आदानप्रदान हुनेछ।

मन्त्री ज्ञवालीले जापानका कृषि तथा वनमन्त्री ताकामोरी योसिकावाका साथै अन्य राजनीतिक नेतृत्वसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम छ।

प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउने नीतिलाई व्यवहारमा रुपान्तरण गर्न तथा जापानी उद्यमी व्यवसायीलाई नेपालमा उपलब्ध लगानीका अवसरबारे जानकारी दिन आयोजना हुने नेपाल लगानी कार्यशालालाई उनले प्रमुख वक्ताका रुपमा सम्बोधन गर्नेछन् भने जापानमा रहेका नेपालीसँग छलफल गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले बताउनुभयो।

मन्त्री ज्ञवाली नेतृत्वको प्रतिनिधिमण्ड थाइल्याण्डको दुईदिने भ्रमणसमेत पूरा गरी यही मङ्सिर ७ गते शुक्रबार स्वदेश फर्कने कार्यक्रम रहेको गोरखापत्र अनलाइनले जनाएको छ।

जानकारी तथा लेखहरु