फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

काठमाडौंमा जारी १६औं हस्तकला व्यापार मेलामा विदेशी राजदूतहरू

(GMT+08:00) 2018-11-18 14:18:14

१६औं हस्तकला व्यापार मेलाको दोश्रो दिन काठमाडौंको भृकुटीमण्डपमा अवलोकनकर्ताहरुको अपार भीड रह्यो। मेला अवलोकन गर्न नेपालको लागि विभिन्न देशका राजदुतहरु पनि पुगे।

नेपालको लागि जर्मन राजदूत रोनाल्ड स्काफरले विहीबार मेला अवलोकन गर्नुभएको थियो। उहाँले मेला अवलोकन पश्चात छोटो मन्तव्य दिदै नेपाली हस्तकलाको व्यापार स्थानिय बजारमा मात्र सिमित नभई युरोपियन तथा अन्तरराष्ट्रिय बजारमा परिचित गराउन सके यसले व्यापक रुपमा बजार लिन सक्ने क्षमता रहेको र यसले नेपाली दैनिक जन जीवनमा समेत सकारात्मक असर पार्ने कुरा व्यक्त गर्नुभयो। त्यसैगरी भारतका राजदूत मन्जीभ सिंह पुरीले नेपाली हस्तकलाको विकास प्रसंसा योग्य रहेको भन्दै यो क्षेत्र परम्परागत कलाकारितामा मात्र सीमित नभई व्यवसायिकतातर्फ पनि उन्मूख भइरहेको बताउनुभयो।

मेलाको थप आकर्षणको रुपमा अमूर्त साँस्कृतिक सम्पदा अन्तरगत नृत्य प्रदर्शनीको क्रममा मेला स्थलमा चर्या नृत्य, पञ्च बुद्ध नृत्य मञ्चन गरिएको थियो। त्यसैगरी कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघको सहयोगमा ७० वर्ष नाघेको दश जना वरिष्ठ तथा जेष्ठ कलाकारहरुलाई ताम्रपत्र र सगुन सहित नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवाणी राणा र महासंघका अध्यक्ष धर्म राज शाक्यले सम्मान गरिएको कारोबार अनलाइनले लेखेको छ।

जानकारी तथा लेखहरु