फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आफ्नो भनाइलाई व्यवहारमा उतार्न अमेरिकी उप-राष्ट्रपतिलाई चीनको सुझाव

(GMT+08:00) 2018-11-18 17:19:37

अमेरिकाका उप-राष्ट्रपति माइक पेन्सले एशिया तथा प्रशान्त क्षेत्रको आर्थिक तथा सहयोग संगठनको उद्योगी नेताको शिखर सम्मेलनमा सम्बोधन गरी प्रशान्त द्वीप मुलुकमाथि चीनको सहयोगबाट उद्धार लिने मुलुकलाई थप ऋण दबाव लगाइएको धारणा व्यक्त गर्नुभयो।

त्यसको प्रतिकृया दिँदै अठार तारिख चीनको परराष्ट्रमन्त्रालयका प्रवक्ता ह्वा छुन यिङले एशिया तथा प्रशान्त क्षेत्रको आर्थिक तथा सहयोग संगठनको महत्वपूर्ण विकास अवधि आउँदा विभिन्न पक्षले जिम्मेवारीपूर्वक सल्लाह गरी मतभेदको समाधान गर्नुपर्ने दोहोर्‍याउनुभयो। उहाँले आपसी सम्मान र साझा फाइदाको आधारमा चीनले विश्वका धेरै मुलुकसँग असल सहयोग गरेको भन्दै कुनै पनि विकासोन्मुख मुलुक चीनसँगको सहयोगका कारण ऋणको कठिनाइमा परेको छैन तर चीनको सहयोगमा तिनीहरुको स्वतन्त्र विकास क्षमता र स्तर अनि स्थानीय सर्वसाधारणको जीवनमा धेरै सुधार भएको व्यक्त गर्नुभयो।

अरुलाई जथाभावी टिप्पणी गर्नुको साटो आफ्नो भनाइलाई व्यवहारमा उतारी ठूला साना मुलुकलाई समान महत्व दिएर अरु देशलाई स्वभाविक रुपमा विकासको बाटो छनौट गर्ने अधिकार दिई विकासोन्मुख मुलुकलाई व्यवहारिक सहयोग गर्न सम्बन्धित मुलुकलाई चीनले प्रस्ताव गरेको पनि ह्वाले बताउनुभयो।

जानकारी तथा लेखहरु