फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन र अमेरिकाबीच धेरै क्षेत्रमा सहयोग हुनसक्ने चीनको वाणिज्य मन्त्रालयको भनाइ

(GMT+08:00) 2018-11-18 18:32:20

चीनको वाणिज्यमन्त्रालयको अन्तर्राष्ट्रिय विभागका प्रमुख चाङ साउ काङले चीन र अमेरिकाबीच धेरै क्षेत्रमा सहयोग हुनसक्ने विचार व्यक्त गर्नुभएको छ।

अठार तारिख छब्बीसौँ एपेक नेताको अनौपचारिक सम्मेलन सम्पन्न भएपछि आयोजित पत्रकार सम्मेलनमा प्रमुख चाङ साउ काङले उक्त कुरा बताउनुभएको हो। उहाँले चीन र अमेरिका एपेकका मुख्य सदस्य हुनुका साथै एपेकको सहयोगमा गहिरो रुपमा भाग लिएको पनि जानकारी दिनुभयो। व्यापार तथ्याङ्क र मूल्य श्रृंखलामा चीन र अमेरिकाबीचको अध्ययन र सहयोगबाट एशिया तथा प्रशान्त क्षेत्रको साँच्चिकै व्यापार प्रवाह र मूल्य बृद्धि विन्दुलाई भेटाउनसकिने पनि उहाँले बताउनुभयो।

जानकारी तथा लेखहरु