फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

एशिया-प्रशान्त सहकार्यको डुङ्गा यात्रा पुन: आरम्भ

(GMT+08:00) 2018-11-19 13:12:44

दुई दिनसम्म चलेको एशिया-प्रशान्त आर्थिक सहयोग संगठन एपेकका नेताहरुको 26 औँ अनौपचारिक शिखर सम्मेलन हिजो नोभेम्बर 18 तारिख पपुवा न्युगिनीमा सम्पन्न भएको छ। सम्मेलन अवधिमा विभिन्न सदस्य आर्थिक समुदायले सहिष्णु अवसरलाई समातेर डिजिटलयुक्त भविष्य अँगाल्ने नारा बमोजिम एकअर्कामा सम्पर्क राख्ने, एशिया-प्रशान्त स्वतन्त्र व्यापारिक क्षेत्रको निर्माण गर्ने र डिजिटल अर्थतन्त्र बनाउने विषयबारे मतैक्य प्राप्त गरेका छन्। उनीहरूले सकारात्मक उपलब्धि प्राप्त गर्नुका साथै स्वतन्त्र व्यापार, बहुपक्षीय व्यापारिक व्यवस्था र अर्थतन्त्रको विश्वब्यापीकरणलाई समर्थन गर्ने र संरक्षण गर्ने सकारात्मक संकेत पनि दिएका छन्।

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले ब्याख्या गर्नुभएको खुला, विकास, सहिष्णुता, सिर्जनशीलता र नियमसंगत विषयको निर्देशन रहेको पाँच बुँदे धारणालाई सम्मेलनमा सहभागी विभिन्न पक्षहरूले विस्तृत रुपमा स्वीकार गरेका छन्। उहाँको प्रस्तुत गर्नु भएको सो "चिनियाँ योजना"ले भावी एशिया-प्रशान्त सहकार्यका लागि तीनवटा ठूलो जिवन्त शक्ति थप्ने आशा गरिएको छ।

सर्वप्रथम एशिया प्रशान्त भविष्यका लागि खुला हुनुपर्छ। सम्मेलन अवधिमा विभिन्न सदस्य आर्थिक समुदायका नेताहरूले के ठहर गर्नुभएको छ भने बुहपक्षीय व्यापारिक व्यवस्थालाई समर्थन दिनुका साथै विश्व व्यापार संगठनको भूमिकालाई पनि समर्थन गर्नुपर्छ। सो मतैक्यलाई कायम राखेमा मात्र एशिया-प्रशान्त भन्ने ठूलो डुङ्गालाई सही यात्रामा चलाउन सकिने छ।

दोस्रो एशिया-प्रशान्त सहकार्यका लागि सिर्जनशीलता हुनुपर्छ। हाल डिजिटलयुक्त अर्थतन्त्र सारा विश्वमा नयाँ चरणको व्यावसायिक सुधारको केन्द्रीय शक्ति बन्दैजाने छ। केही वर्षयता एपेकका सदस्यहरूले बेग्ला बेग्लै गरी डिजिटल अर्थतन्त्र विकास गर्ने रणनीति र योजना प्रस्तुत गर्दै आएका छन्।

तेस्रो कुरा एशिया प्रशान्तको विकासका लागि सहिष्णुता हुनुपर्छ। एशिया प्रशान्त क्षेत्रको विविधता भएकाले सहिष्णुता अभाव रहेको भन्ने त्यसको विकास सामु देखा परेको ठूलो चुनौती रहेको छ। त्यसैगरी सहिष्णु अवसरलाई समात्नु यस सम्मेलनको एउटा ध्यानाकर्षणको विषय बनेको देखिन्छ।

एपेकको पपुवा न्युगिनी शिखर सम्मेलन सम्पन्न भए तापनि एशिया-प्रशान्त विकास हुने डुङ्गाको नयाँ यात्रा पुन: शुरु हुने छ।

जानकारी तथा लेखहरु