फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनबाट नेपालले ठूलो भरोसा गरेको नेपालका अर्थमन्त्रीको भनाइ

(GMT+08:00) 2018-11-19 14:15:25

नेपालका अर्थमन्त्री डा. युवराज खतिवडाले चीनबाट नेपालले आर्थिक विकासका लागि ठूलो भरोसा गरेको बताउनु भएको छ। अर्थमन्त्री खतिवडाले नजिकको छिमेकी हुनुको नाताले पनि चीनले नेपालको समृद्धिका लागि आवश्यक लगानी र पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास पनि व्यक्त गर्नु भएको रातोपाटी अनलाइनले लेखेको छ।

हिजो आईतबार नेपाल–चीन मैंत्री संघले काठमाडौंमा आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले चीनको 'बीआरआई' अवधारणाले दक्षिण एशीयाली राष्ट्रकै आर्थिक विकास र व्यापारमा ठूलो सफलता हात पार्ने पनि स्पष्ट पार्नुभयो।

कार्यक्रममा बोल्दै नेपालका लागि चीनका राजदूत यु होङले चीनले विश्वमै लगानी र व्यापारका लागि आवश्यक वातावरण बनाउन 'बीआरआई' को अवधारणा अघि सारेको स्पष्ट पार्नुभयो। उहाँले नेपालले सो अवधारणाको साथ दिएको भन्दै आभार पनि व्यक्त गर्नुभयो।

राजदूत यु होङले व्यापारमा सबै राष्ट्रको सहभागितामा वृद्धि गर्न पनि 'बीआरआई' को अवधारणा उपयोगी हुने पनि स्मरण गराउनुभयो।

जानकारी तथा लेखहरु