फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको पै तौ तीन नम्बर आधारभूत प्रणाली पूरा

(GMT+08:00) 2018-11-19 15:10:50

आज नोभेम्बर 19 तारिख पूर्वान्ह दुई बजेर सात मिनेट जाँदा चीनले सी छाङ उपग्रह प्रक्षेपण केन्द्रमा छाङ चङ तीन नम्बर क्यारियर रकेटद्वारा 42 औँ र 43 औँ वै तौ पथ प्रदर्शक उपग्रहलाई निर्धारित लिगमा पठाएको छ। यी दुबै उपग्रह चीनको पै तौ तीन नम्बर प्रणालीमध्ये 18औँ र 19औँ उपग्रह हुन्। पछि यी दुबै उपग्रह लिगमा परीक्षण गरिने छ र अघि प्रक्षेपण गरेको 1‌7औँ पै तौ पथ प्रदर्शक उपग्रहसँग एक सञ्जालमा जोडिने छ। त्यसपछि चीनको पै तौ नम्बर तीन आधारभूत प्रणाली पूरा भएक हुने र चालू वर्षको अन्त्यअघि संचालन हुने छ। यसले "बेल्ट एण्ड रोड" आबद्ध मुलुक र क्षेत्रलाई पथ प्रदर्शक सेवा उपलब्ध गराउने छ।

भविष्यमा चीनले एघार वटा पै तौ तीन नम्बर उपग्रह प्रक्षेपण गर्ने छ भने सन् 2020 सम्म यी उपग्रहको सेवाले विश्व ढाक्ने छ।

जानकारी तथा लेखहरु