फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका राष्ट्राध्यक्ष सी चिन फिङ र ब्रुनाइका सुल्तान हासानालबीच भेटवार्ता

(GMT+08:00) 2018-11-19 16:45:37

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले आज नोभेम्बर 19 तारिख बान्दार सेरी बेगावानमा ब्रुनाइका सुल्तान हाजी हासानाल बोल्किहसँग भेटवार्ता गर्नुभएको छ। सो अवसरमा दुई मुलुकका राष्ट्रनायकहरूले चीन र ब्रुनाइको सम्बन्धको सकारात्मक विकास प्रवृत्तिको उच्च मूल्याकंन गर्नुभएको छ। दुवै नेताले चीन र ब्रुनाइको रणनीतिक सहयोगात्मक साझेदारी सम्बन्धको स्थापना गर्ने र राजनीतिक पारस्परिक विश्वास, आर्थिक पारस्परिक हित, जनस्तरीय अन्तरक्रिया र बहुपक्षीय सहायताको राम्रा सा‍झेदार बन्ने निर्णय गर्नुभएको छ।

राष्ट्राध्यक्ष सीले सुल्तान हासानालले लामो समययता चीन र ब्रुनाइको सम्बन्धमाथि ध्यान र महत्व दिनुभएकोमा उच्च प्रशंसा गर्दै आफूले ब्रुनाइको पहिलोपटक भ्रमण गरेको र चीन तथा ब्रुनाइको ऐतिहासिक र साँस्कृतिक सम्पर्कको दीर्घकालिन इतिहास भएको बताउनुभयो। उहाँले दुई मुलुक छिमेकी मित्र र साझेदार रहेको पनि औँल्याउनुभयो।

राष्ट्राध्यक्ष सीले ब्रुनाइले एक चीनको नीति पालना गरेकोमा प्रशंसा गर्दै चीनले ब्रुनाइलाई आत्म राष्ट्रिय अवस्थासित अनुकूल हुने विकासको बाटोमा हिँड्न निरन्तर रुपमा समर्थन दिने कुरा बताउनुभयो।

दक्षिण चीन सागरको शान्ति तथा स्थिरताको संरक्षण चीन र ब्रुनाइको हितसित सम्बन्धित रहेको र दुई मुलुकका जनताको साझा इच्छा भएको उल्लेख गर्दै राष्ट्राध्यक्ष सीले दुई मुलुकले समुद्री सहयोग र "दक्षिण चीन सागर कारवाही मापदण्ड"बारेको छलफललाई निरन्तर रुपमा अगाडि बढाउनुपर्ने, दक्षिण चीन सागरलाई शान्तिपूर्ण सागर, मैत्रीपूर्ण सागर र सहयोगात्मक सागरको रुपमा निर्माण गर्नुपर्ने कुरा बताउनुभयो।

ब्रुनाइका सुल्तान हासानालले राष्ट्राध्यक्ष सीलाई स्वागत गर्दै यस पटकको भ्रमणले दुई मुलुकको परम्परागत मैत्रीपूर्ण सम्बन्धलाई सबल पार्ने, विभिन्न क्षेत्रमा दुई मुलुकको सहयोगलाई बढाउने कुरा बताउनुभयो। चीनले गरिबी निवारण, दिगो विकासआदि क्षेत्रहरूमा प्राप्त गरेको ठूलो उपलब्धिको ब्रुनाइले प्रशंसा गरेको भन्दै "सन् 2035 विशाल इच्छा" रणनीतिलाई "बेल्ट एण्ड रोड" प्रस्तावसँग जोड्न र सहयोग बढाउने बताउनुभयो।

भेटवार्तापछि दुई मुलुकका राष्ट्रनायकहरूले "बेल्ट एण्ड रोड"सहयोगात्मक योजनालगायतका द्विपक्षीय सहयोगको दस्तावेजहरूको हस्ताक्षर समारोहको साक्षी बस्नुभयो।

दुई पक्षले "चीन र ब्रुनाइ संयुक्त वक्व्य" प्रकाशित गरेका छन्। भेटवार्ताअघि सी चिन फिङले हासानालद्वारा शाही दरबारको चोकमा आयोजना गरिएको भव्य स्वागत समारोहमा भाग लिनुभयो।

जानकारी तथा लेखहरु