फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

परामर्श तथा सहमतिको सिद्धान्त एपेक सहयोगको आधारभूत सिद्धान्त

(GMT+08:00) 2018-11-19 19:11:24

परामर्श तथा सहमतिको सिद्धान्त नै एशिया-प्रशान्त आर्थिक व्यापारिक संगठन(एपेक) सहयोगमा भाग लिँदा पालना गर्ने आधारभूत सिद्धान्त हो र एपेक स्वस्थ रूपमा विकसित हुँदै जाने पूर्वाधार पनि हो। चीनले विभिन्न पक्षसँगै मिलेर एपेक सहयोगलाई अघि बढाउँदै सम्बद्ध समस्याको छलफलमा भाग लिने इच्छा लिएको छ। उक्त कुरा चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ स्युआङले आज नोभेम्बर १९ तारिख पैचिङमा भन्नुभएको हो।

प्राप्त जानकारी अनुसार, एपेक २६ औँ अनौपचारिक शिखर सम्मेलन सम्पन्न हुनुअघि घोषणा पत्र सार्वजनिक हुन सकेन। चीन-अमेरिका बीचको मतभेदले यस्तो नतिजा देखिएको मुख्य कारण भन्ने केही टिप्पणीकारले भनेका छन्। यसबारे चर्चा गर्दै प्रवक्ता कङले विभिन्न पक्षहरूले एक अर्काको सम्मान गर्दै मतभेदलाई पन्छाएर मतैक्य हासिल गर्दै परामर्श तथा सहमतिको सिद्धान्तको पूर्वाधारमा वस्तुगत सहयोग तथा साझा समृद्धिलाई अघि बढाउन कोशिश गर्नुपर्ने विचार व्यक्त गर्नुभएको छ।

जानकारी तथा लेखहरु