फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"बेल्ट एण्ड रोड" निर्माण बजार र वाणिज्य सिद्धान्तबमोजिम

(GMT+08:00) 2018-11-19 19:12:46

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ श्वाङले आज नोभेम्बर 19 तारिख पैचिङमा चीनले प्रस्तुत गरेको "बेल्ट एण्ड रोड" प्रस्ताव पारस्परिक रुपमा सम्मान, सहयोग तथा दुई पक्षका लागि विजयको आधारमा बजार र वाणिज्य सिद्धान्तबमोजिम रहेको कुरा बताउनुभएको छ।

प्राप्त समाचार जनाइएअनुसार, अमेरिकी उप राष्ट्रपति माइकल पेन्सले एशिया प्रशान्त आर्थिक सहयोग संगठनका उद्योग तथा वाणिज्य शिखर शिखर सम्मेलनमा सम्बोधन गर्दै अमेरिकाले इण्डो एशिया प्रशान्तको आधारभूत प्रबन्धको विकासको समर्थन दिने, आधारभूत प्रबन्धमा 60 अर्ब अमेरिकी डलरको रकम उपलब्ध गराउने प्रतिबद्धता गरेको, तर कुनै पनि सीमित पूर्वशर्तसहित "बेल्ट" र एकतर्फी रुपमा लाभ हुने "रोड" उपलब्ध नगराउने कुरा बताउनुभयो। यसबारे प्रवक्ता कङ श्वाङले चीनले प्रस्तुत गरेको "बेल्ट एण्ड रोड" निर्माण प्रस्ताव आर्थिक सहयोग प्रस्ताव हो, चीनले अन्तर्राष्ट्रिय समाजलाई उपलब्ध गराएको सार्वजनिक वस्तु हो भन्ने कुरा व्यक्त गर्नुका साथै सीमित पूर्वशर्त रहेमा त्यति धेरै सहयोगात्मक परियोजनाहरू कार्यान्वयन नगरिएको, एकतर्फी लाभ रहेमा एक सय चालीस वटा मुलुक र अन्तर्राष्ट्रिय संगठनले चीनसँग "बेल्ट एण्ड रोड" सहयोगात्मक प्रस्तावमा हस्ताक्षर गर्न संभव नहुने बताउनुभयो।

जानकारी तथा लेखहरु