फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

क्वाङचौमा ब्रिक्स मुलुक थिङ्कथ्याङ्क गोष्ठी

(GMT+08:00) 2018-11-20 15:59:16

ब्रिक्स मुलुक थिङ्कथ्याङ्क गोष्ठी २०१८, २६औँ वानशौ मञ्च अर्थात् उदीयमान अर्थको थिङ्कथ्याङ्क गोलमेच सम्मेलन नोभेम्बर १८ तारिख क्वाङचौमा आयोजित भएको छ। ब्राजिल, रूस, भारत, दक्षिण अफ्रिका लगायत ब्रिक्स मुलुकका प्रतिनिधिहरू एवं स्विजरल्याण्ड, मेक्सिको, दक्षिण कोरिया, अमेरिका लगायतका मुलुक र चीनका ४० वटा विश्वविद्यालय, अनुसन्धानालयका विशेषज्ञहरू, विद्वानहरू, उद्यमी गरी १२० जनाले सो गोष्ठीमा भाग लिएका छन्।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समिति अन्तर्गत बैदेशिक सम्पर्क विभागको अनुसन्धानालयका उपप्रमुख एवं ब्रिक्स मुलुक थिङ्कथ्याङ्क सहयोग चीन परिषदका उपमहासचिव तुङ वैह्वाले सम्बोधन गर्दै यस पटकको मुख्य विषयसूची 'ब्रिक्स संयुक्त भाग्य समुदायको निर्माण, सुधार तथा नविकरण' रहेको बताउनुभएको छ।

गोष्ठीमा सहभागी विद्वानहरूले ब्रिक्स मुलुक बीचको सहयोगको हितको आधार बलियो बन्दै गएको क्रममा व्यापार तथा लगानी एवं सहयोग क्षेत्र पनि विस्तार हुँदै आएको ठहर व्यक्त गरेका छन्। प्रस्तुत गरिएको 'एक रूपी ठूलो बजारको स्थापना भन्ने लक्ष्य' पनि स्पष्ट बनिरहेको छ। यसको लागि जल, स्थल तथा हवाइ ढुवानी प्रणालीको सुधार, बैंकिङ सम्बन्धित वस्तुगत सहयोगको प्रवर्द्धन लगायत सकारात्मक कदमहरू चाल्नुपर्ने औँल्याएका छन्।

जानकारी तथा लेखहरु