फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्राध्यक्ष सीका विशेषदूत र माल्दिभ्सका राष्ट्रपतिबीच भेटघाट

(GMT+08:00) 2018-11-20 16:01:15

स्थानीय समय नोभेम्बर 18 तारिख विहान चीनका राष्ट्राध्यक्ष सी चिन फिङका विशेषदूत एवं चीनका संस्कृति तथा पर्यटन मन्त्री लो शु काङले माल्दिभ्सको राष्ट्रपति भवनमा माल्दिभ्सका नव निर्वाचित राष्ट्रपति इब्राहिम मुहम्मद शालेहसँग भेटघाट गर्नुभएको छ।

लो शु काङले शालेहलाई राष्ट्राध्यक्ष सीको अभिवादन र शुभकामना सुनाई शालेहले माल्दिभ्सका राष्ट्रपतिको पह सम्हाल्नुभएकोमा शुभकामना दिनुका साथै माल्दिभ्सले शालेहको नेतृत्वमा नयाँ विकास साकार तुल्याउने शुभकामना व्यक्त गर्नुभयो। चीन र माल्दिभ्सको सम्बन्धमा चीनले महत्व दिएको, माल्दिभ्ससँग परम्परागत मित्रतालाई सुदृढ पार्ने, द्विपक्षीय व्यावहारिक सहयोगलाई बढाउने र "बेल्ट एण्ड रोड" निर्माणलाई अगाडि बढाउने आशा लिएको कुरा पनि उहाँले बताउनुभयो।

प्रत्युत्तरमा शालेहले राष्ट्राध्यक्ष सीले विदेषदूत शपथ ग्रहण समारोहमा सहभागी गराउनु भएकोमा कृज्ञतता ज्ञापन गर्नुका साथै चीनले लामो समयदेखि माल्दिभ्सको विकासका लागि दिएको समर्थन र सहयोगको प्रशंसा गर्नुभयो। शालेहले माल्दिभ्सले एक चीनको नीतिलाई दृढताका साथ पालना गरेको, "बेल्ट एण्ड रोड" प्रारुपमा दुई मुलुकको सहयोगलाई सबल पार्ने आशा लिएको कुरा बताउनुभयो।

माल्दिभ्स सरकारको निमन्त्रणामा राष्ट्राध्यक्ष सीका विशेषदूत एवं चीनका संस्कृति तथा पर्यटन मन्त्री लो शु काङले नोभेम्बर 17 तारिख माल्दिभ्सको राजधानी मालेमा राष्ट्रपति शालेहको शपथ ग्रहण समारोहमा भाग लिनुभएको थियो।

जानकारी तथा लेखहरु