फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्राध्यक्ष सी फिलिपिन्सको राजकीय भ्रमणमा

(GMT+08:00) 2018-11-20 16:03:49

चीनका राष्ट्राध्यक्ष सी चिनफिङ नोभेम्बर २० तारिख विशेष विमानद्वारा मनिला पुगेर फिलिपिन्सको राजकीय भ्रमण शुरू गर्नुभएको छ।

विमानस्थलमा राष्ट्राध्यक्ष सीले चीन तथा फिलिपिन्स एशियाली विकासोन्मुख मुलुक तथा नव उदीयमान आर्थिक एकाइ रहेको बताउनुभयो। उहाँले मैत्रीपूर्ण छिमेकीपन भन्ने दुइ देशको लागि एउटै मात्र सही छनौट रहेको पनि औँल्याउनुभयो। भ्रमणका क्रममा आफूले फिलिपिन्सका नेताहरूसँग आपसी सम्बन्धको प्रवर्द्धन एवं साझा अभिरूचि भएका अन्तर्राष्ट्रिय तथा क्षेत्रीय विषयबारे गहन बैचारिक आदानप्रदान गर्ने इच्छा पनि राष्ट्राध्यक्ष सीले व्यक्त गर्नुभएको छ।

ब्रुनाइको राजकीय भ्रमणपछि राष्ट्राध्यक्ष सी मनिला पुग्नुभएको हो।

जानकारी तथा लेखहरु