फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

एक हजार विदेशीद्वारा सुधार तथा खुलापनको चालीसौं वार्षिकोत्सव प्रदर्शनीको अवलोकन

(GMT+08:00) 2018-11-20 16:05:16
नोभेम्बर 19 तारिख चीनका लागि विदेशी मुलुकका राजदूतहरू, विदेशी विशेषज्ञहरू, विदेशी संस्थानहरूका व्यक्तिहरूलगायतका करीब एक हजार जना विदेशीले पैचिङस्थित चिनियाँ राष्ट्रिय संग्रहालयमा "विशाल सुधार-चीनको सुधार तथा खुलापन भएको चालीसौं वार्षिकोत्सव प्रदर्शनी"को अवलोकन गरेका छन्। उक्त प्रदर्शनीको अवलोकन गरेका विदेशी अतिथिहरूले चीन सुधार तथा खुलापन नीति लागू भएको चालीस वर्षयता चीनले उल्लेखनीय उपलब्धि हासिल गरेको कुरा व्यक्त गर्नुका साथै अझै उच्च स्तरको सहयोगमा चीनसँग पारस्परिक हित र दुई पक्षका लागि विजय हुने अपेक्षा व्यक्त गरेका छन्।

चीनका लागि पाकिस्तानी राजदूतावासका प्रथम सचिव राहिल तारिकले "फु सिङ हाउ" द्रुत गतिको रेल मण्डपमा द्रुत गति रेलका चालकको अनुभव गर्नुभयो। उहाँले चीनले यातायात, डिजिडल अर्थतन्त्र, इन्टर्नेट प्रविधिआदि क्षेत्रहरूमा प्राप्त गरेको विकास उहाँको मनमा गहिरो छाप परेको कुरा बताउनुभयो। साथै उहाँले पाकिस्तानले चीनसँग विकासका धेरै अनुभव सिक्नसक्ने बताउँदै चीन र पाकिस्तानले अझै व्यापक क्षेत्रहरूमा सहयोग गर्नसक्ने आशा व्यक्त गर्नुभयो।

चीनका लागि उरुग्वेको राजदूतावासका प्रथम सचिव चिनोयाले सुधार तथा खुलापन नीति चीनका लागि महत्वपूर्ण रणनीतिक अर्थ रहेको, भावी चीनको विकासप्रति आफू विशस्त भएको कुरा बताउनुभयो।

जानकारी तथा लेखहरु