फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाल र चीनबीचको व्यापारिक नाका रसुवामा तीन अर्ब ७४ करोड राजस्व

(GMT+08:00) 2018-11-20 16:06:36

नेपाल र चीनबीचको मुख्य व्यापारिक नाका रसुवा भन्सार कार्यालय टिमुरेले यो वर्षको पहिलो चौमासिकमा ३ अर्ब ७४ करोड ९३ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको कान्तिपुर अनलाइनले लेखेको छ।

भन्सारकासूचना अधिकारी भुपेन्द्र कार्कीले वार्षिक लक्ष्यको ५३ दशमलव ५१ प्रतिशतराजस्व असुली भन्सारले गरिसकेको जनाउनुभयो। विशेष गरी भाद्र र असोजमा चाडबाडका लागि चिनियां तयारी पोसाक आयात भएकाले असोजामा सबैभन्दा धेरै राजस्व संकलन भएको हो।

वर्षातको समयमा करिब एक महिना सडक अवरुद्ध हुंदा भन्सार असुलीमा कमी आएको थियो। अहिले नाकामा कुनै अवरोध छैन् सहज तरिकाले सामान आयात भइरहेको छ। नाकाबाट जाडो मौसमका लागि कपडाको आयात भइरहेको छ।

रसुवागढी नाकाबाटबर्सेनि सामान आयात हुनेक्रम बढ्दै गएको छ। नाकाबाट सबै भन्दा धेरै रेडिमेट आइटमका सामान आयात भइरहेको छ।

रसुवागढी नाकाबाट तयारी पोसाकमा सर्ट, पाइन्ट, टिसर्ट, ब्रा, पेन्टी लेगेज, आउटर, ज्याकेट, कोट जुत्ता चप्पल आयात भइरहेको छ। नेपालतर्फको सडक जीर्ण भएका कारण फुट्ने सामान आयात हुन सकेको छैन। रसुवागढी नाका चीनबाट नेपालमा व्यापार हुने सबैभन्दा पुरानो नाका हो।

भूकम्पका कारणतातोपानी नाका बन्दभएपछि चीनबाट हुने धेरैजसो आयात ०७२ मंसिरदेखि यही नाकाबाट हुँदै आएको छ। नाकालाई ०७४ भदौ १४गते चीनले अन्तर्राष्ट्रियनाका घोषणा गरेपछि सीमामा व्यापारी, व्यवसायी र सवारीको चाप बढ्दैगएको छ।

रसुवागढी नाकाबाट दैनिक २ सय ५० भन्दा बढी कन्टेनर आवतजावत गर्ने गरेका छन्। रसुवागढी नाकाबाट तयारी कपडा, स्याउ, लेडिज सेन्डल, रबर, प्लास्टिकका जुत्ता चप्पल, हाते झोला, छालाको जुत्ता, मोटरको ब्याट्री, यूपीएस, प्लास्टिकका सामानलगायतका मुख्य वस्तुहरू पैठारीभइरहेको छ।

नेपालबाट चीनतर्फधातुको मूर्ति, मेहन्दी, दन्तमन्जन, शृंगारका सामान, चाउचाउ, पास्ता, जुसजाम, चकलेट, ऊनी गलैंचा कार्पेट, चुइगम, हेयर आयल, हेयर क्रिमलगायतकामुख्य वस्तुहरू निकासी भइरहेको छ।

जानकारी तथा लेखहरु