फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका उप प्रधानमन्त्री लिउ हले जर्मनीको भ्रमण गर्नुहुने

(GMT+08:00) 2018-11-20 17:13:01

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ श्वाङले आज नोभेम्बर बीस तारिख पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा चीनका उप प्रधानमन्त्री लिउ हले नोभेम्बर 25 तारिखदेखि 28 तारिखसम्म जर्मनीको भ्रमण गर्नुहुने बताउनुभयो। जर्मनी भ्रमणका क्रममा उपप्रधानमन्त्री लिउले आठौं चीन-यूरोप मञ्चअन्तर्गत हेम्बर्ग शिखर सम्मेलनमा भाग लिनुहुनेछ।

प्रवक्ता कङ श्वाङले जर्मनीको भ्रमणको दौरान उप प्रधानमन्त्री लिउ हले जर्मनीका नेताहरूसँग भेटघाट गर्नुहुने, चीन र जर्मनीको सहयोग, चीन र यूरोपको सम्बन्ध, अन्तर्राष्ट्रिय तथा क्षेत्रीय समस्याबारे वैचारिक आदान-प्रदान गर्नुहुने कुरा बताउनुभयो। यसका साथै हेम्बर्ग शिखर सम्मेलन बेलामा लिउ हले सम्बोधन गर्नुहुने, उक्त शिखर सम्मेलनमा सहभागी यूरोप, जर्मनीका उच्चस्तरीय प्रतिनिधिहरू, हेम्बर्गका गभर्नरआदि व्यक्तिहरूसँग छलफल गर्नुहुने कुरा कङ श्वाङले जानकारी दिनुभयो।

उप प्रधानमन्त्री लिउ हको जर्मनी भ्रमणले चीन र जर्मनीबीचको राजनीतिक तथा रणनीतिक पारस्परिक विश्वासलाई घनिष्ठ पार्ने, दुई पक्षको सहयोगलाई बढाउने आशा चीनले लिएको कुरा शङले पनि बताउनुभयो।

जानकारी तथा लेखहरु