फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

एपेकले घोषणा पत्र प्रकाशित नगरेकोमा चीनको धारणा

(GMT+08:00) 2018-11-20 18:27:01

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ श्वाङले आज नोभेम्बर बीस तारिख एशिया प्रशान्तको आर्थिक सहयोग संगठन अर्थात् एपेकका नेताहरूको यस पटकको अनौपचारिक शिखर सम्मेलनले निर्धारित नियमबमोजिम घोषणा पत्र प्रकाशित नगरेको कुरा चीन र एपेकका प्रायजसो सदस्य मुलुकहरूले आशा नलिएको नतिजा भएको कुरा बताउनुभएको छ।

प्रवक्ता कङले सोही दिन पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा उक्त कुरा बताउनुभएको हो।

कङले प्रायजसो सदस्यहरू खास गरी विकासोन्मुख सदस्यहरूले उक्त सम्मेलनमा बहुपक्षीय व्यापार व्यवस्थाको संरक्षण गर्ने, संरक्षणवादको विरोध गर्ने स्पष्ट विचार प्रकट गरेका तर केही सदस्यहरूले प्रायजसो दसस्यहरूको आवाज नसुनेका, उपलब्धि दस्तावेजमा उचित अडान थप्न अस्वीकार गरेका र ती केही सदस्यले अरु मुलुकको मलभूत हित हानी पुर्‍याउने विषय थप्ने, संरक्षणवाद र एकपक्षीयतावादका लागि वैधानिक लुगा लगाउने कुचेष्टा गरेका कुरा बताउनुभयो। कङकाअनुसार, उक्त सम्मेलनमा चीनलगायतका धेरै सदस्यहरूले यो कुराबारे अस्वीकार धारणा प्रस्तुत गरेका छन्।

चीनले उपलब्धि दस्तावेजको छलफलमा दायित्वपूर्ण र रचनात्मक धारणा लिएको, सहमति प्राप्त गर्न ठूलो प्रयास गरेको, चीनको प्रयासले सबैभन्दा ठूलो सदिच्छा देखाएको कुरा कङले बताउनुभयो।

जानकारी तथा लेखहरु