फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ राष्ट्राध्यक्ष र प्यालेष्टिनी राष्ट्रपतिबीच शुभेच्छा आदानप्रदान

(GMT+08:00) 2018-11-20 19:38:52

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले आज नोभेम्बर बीस तारिख प्यालेष्टिनी राष्ट्रपति महमोउद अब्बाससँग एकअर्कालाई बधाई सन्देश दिई दुई मुलुकको दौत्य सम्बन्ध स्थापना भएको तीसौं वार्षिकोत्सवको शुभकामना आदानप्रदान गर्नुभएको छ।

सीले बधाई सन्देशमा दौत्य सम्बन्धको स्थापना भएको तीस वर्षयता दुई मुलुकले धेरै क्षेत्रहरुमा आदान-प्रदान र सहयोग गरेको बताउँदै सहयोगले प्रशस्त उपलब्धि हासिल गरेको बताउनुभयो।

अब्बासले बधाई सन्देशमा दुई मुलुकबीच र दुई मुलुकका जनताबीचको परम्परागत मैत्रीपूर्ण सम्बन्धप्रति गौरब लागेको उल्लेख गर्दै चीनले प्यालेष्टिनी जनतालाई समर्थन दिएर टड्कारो र महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै प्रशंसा गर्नुभयो।

सोही दिन चीनका प्रधानमन्त्री ली ख छ्याङ र प्यालेष्टिनी प्रधानमन्त्री रामी हाम्दाल्लाहले पनि एकअर्कालाई बधाई सन्देश आदानप्रदान गर्नुभएको छ।

जानकारी तथा लेखहरु