फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ राष्ट्राध्यक्ष सी र फिलिपिन्सका राष्ट्रपति डुटेर्टेबीच भेटवार्ता

(GMT+08:00) 2018-11-21 14:35:52

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले नोभेम्बर बीस तारिख मनिलामा फिलिपिन्सका राष्ट्रपति रोड्रिगो रोय डुटेर्टेसँग भेटवार्ता गर्नुभएको छ। दुई मुलुकका राष्ट्रनायकहरूले द्विपक्षीय सम्बन्धको भावी विकासबारे महत्वपूर्ण सहमति हासिल गर्नुभएको छ। उहाँहरुले पारसपरिक सम्मानता, सदिच्छा, समान र पारस्परिक हित, सहयोग र दुई पक्षका लागि विजय आधारमा चीन र फिलिपिन्सको चौतर्फी रणनैतिक सहयोगात्मक सम्बन्धको स्थापना गर्ने निर्णय पनि गर्नुभएको छ।

राष्ट्राध्यक्ष सीले दुई पक्षको संयुक्त प्रयासमा दुई मुलुकको विभिन्न क्षेत्रको सहयोगले प्रशस्त उपलब्धि हासिल गरेको र दुई मुलुकको सम्बन्धले नयाँ अध्याय थपेको कुरा बताउनुभयो। चीनले फिलिपिन्ससँग परम्परागत मित्रतालाई निरन्तरता गर्ने र सहयोगलाई सबल पार्ने आशा लिएको पनि राष्ट्राध्यक्ष सीले बताउनुभयो।

यसका साथै राष्ट्राध्यक्ष सीले फिलिपिन्स चीनको "बेल्ट एण्ड रोड"को संयुक्त रुपमा निर्माण गर्ने महत्वपूर्ण साझेदार हो भन्दै दुई पक्षले "बेल्ट एण्ड रोड" प्रस्तावलाई फिलिपिन्सको विकास रणनीतिसँग जोडेर अगाडि बढाउनुपर्ने औँल्याउनुभयो। उहाँले आधारभूत प्रबन्ध, दूर सञ्चार, कृषिआदि क्षेत्रहरूको सहयोगलाई बढाउने कुरामा जोड दिनुभयो।

राष्ट्राध्यक्ष सीले दक्षिण चीन सागरमा चीन र फिलिपिन्सको साझा हित रहेको, दुई पक्षले मैत्रीपूर्ण परामर्शमार्फत विवादको नियन्त्रण गर्नसक्ने, समुद्री सहयोगलाई अगाडि बढाउनसक्ने, क्षेत्रीय शान्ति तथा स्थिरता र जनताको हितका लागि योगदान दिनसक्ने कुरा बताउनुभयो।

फिलिपिन्सका राष्ट्रपति डुटेर्टेले राष्ट्राध्यक्ष सीलाई फिलिपिन्सको राजकीय भ्रमणमा स्वागत गर्दै चीनका राष्ट्राध्यक्षले तेह्र वर्षपछि पहिलोपटक फिलिपिन्सको भ्रमण गर्नुभएको र यसको ऐतिहासिक अर्थ रहेको कुरा बताउनुभयो। डुटेर्टेले फिलिपिन्सले चीनको सुधार तथा खुलापन भएको चालीस वर्षयता हासिल भएको उपलब्धिका लागि शुभकामना व्यक्त गर्नुका साथै चिनियाँ जनताले "दुई शताब्दी" लक्ष्य साकार तुल्याउनसक्ने कुरामा विश्वास गरेको बताउनुभयो।

भेटवार्तापछि दुई मुलुकका राष्ट्रनायकहरूले " 'बेल्ट एण्ड रोड' निर्माणलाई संयुक्त रुपमा अगाडि बढाउनेसम्बन्धमा चीन र फिलिपिन्सको स्मृत्ति पत्र"आदि अनेकौं द्विपक्षीय सहयोगात्मक दस्तावेजहरूको हस्ताक्षर समारोहमा साक्षी बस्नुभयो।

भेटवार्ताअघि डुटेर्टेले राष्ट्रपति भवनअगाडिको चोकमा आयोजना गर्नुभएको भव्य स्वागत समारोहमा राष्ट्राध्यक्ष सीले भाग लिनुभयो।

जानकारी तथा लेखहरु