फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा लगानी गर्न तयार रहेको चिनियाँ व्यापारीको भनाइ

(GMT+08:00) 2018-11-21 15:00:43

नेपाल भ्रमणमा आएका चिनियाँ उद्योगी एवं व्यापारीहरुले नेपालमा लगानी गर्न आफूहरु तयार रहेको बताएका छन्। गत सोमबार नेपाल चेम्बर अफ कमर्शमा आयोजित कार्यक्रममा चीनको हाइनान चेम्बर अफ कमर्सका पदाधिकारीहरुले नेपालमा लगानी गर्न तयार रहेको बताएका अनलाइन खबरले लेखेको छ।

नेपालमा लगानीको वातावरण बनेको विषयमा जानकार रहेको भन्दै कुन क्षेत्रमा कसरी लगानी गर्न सकिन्छ भनेर हाइनान चेम्बरका पदाधिकारीहरुले जिज्ञासा राखेका थिए।

हाइनान चेम्बरका उपाध्यक्ष चेनहुङ लाईङ्गले नेपाली व्यापारीहरुसँग सहकार्य गर्न पाउदा एकदमै खुसी लागेको भन्दै आगामी डिसेम्बरमा चीनको हाइनान शहरमा हुने कृषि मेलामा नेपाललाई पनि सहभागी गराउने बताउनुभयो।

नेपाल चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपालको हस्तकला प्रदर्शनीका लागि उक्त मेलामा स्टल उपलब्ध गराइदिन आग्रह गर्नुभयो। अध्यक्ष श्रेष्ठको आग्रहलाई स्वीकार गर्दै हाइनान चेम्बरका उपाध्यक्ष चेनहुङले नेपालीहस्तकला प्रदर्शनका लागि स्टल उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्नु भएको छ।

कार्यक्रममा नेपाल चेम्बर र हाइनान चेम्बर अफ कमर्सबीच समझदारी पत्रमा हस्ताक्षर समेत भएको छ।

जानकारी तथा लेखहरु