फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

'एशिया स्वच्छ व्यवसाय सम्मेलन–२०१८' काठमाडौंमा हुने

(GMT+08:00) 2018-11-21 15:04:18
'एशिया स्वच्छ व्यवसाय सम्मेलन–२०१८' काठमाडौंमा हुने भएको छ। फेयर ट्रेड ग्रुप, नेपालले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो सम्मेलन आगामी बिहीबारदेखि काठमाडौंमा सुरु हुने जानकारी गराएको नेपाल खबर अनलाइनले लेखेको छ।

तीन दिनसम्म चल्ने सम्मेलनमा एशिया र विश्वभरका स्वच्छ व्यवसाय संगठनमा आवद्ध प्रतिनिधिहरु सहभागी हुनेछन्। दिगो विकास लक्ष्य हासिल हुने गरी स्वच्छ व्यवसायलाई अघि बढाउने उद्देश्यका साथ सम्मेलन आयोजना गरिएको हो। सम्मेलनमा व्यवसायीहरुले स्टल पनि राख्नेछन।

एशीयाली राष्ट्रका मुख्यमुख्य सहरमा हरेक २ वर्षमा यो सम्मेलन आयोजना हुने गरेको छ। यस वर्ष काठमाडौलाई छनौट गरिएको पनि फेयर ट्रेड ग्रुपले जनाएको छ। सम्मेलनमा स्वच्छ व्यवसायको मूल्यांकन पद्धति, बजार विस्तार र प्रवद्र्धनका विविध विषयमा छलफल गरी ठोस रणनीति तय गर्ने बताइएको छ।

जानकारी तथा लेखहरु