फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विश्व व्यापार संगठनको सुधारले चिनियाँ प्रतिनिधिको विचार

(GMT+08:00) 2018-11-21 15:18:23

विश्व व्यापार संगठनका लागि चिनियाँ प्रतिनिधि चाङ स्याङ छनले हिजो नोभेम्बर बीस तारिख जेनेभामा विश्व व्यापार संगठनको सुधारले संरक्षणवाद र एकपक्षीयतावादको विरोध गर्ने दिशालाई कायम राख्नुपर्ने, सुधार विश्वको व्यापारिक स्वतन्त्रता र लगानीको सहुलियत प्रक्रियालाई अगाडि बढाउन हितकर हुनुपर्ने, सुधारले गैर-भेदभाव सिद्धान्तलाई पालना गर्नुपर्ने र प्रजातन्त्रलाई पालना गर्नुपर्ने कुरा बताउनुभएको छ।

चाङले विगत दश वर्षदेखि विश्व व्यापार संगठनका विकसित सदस्यहरूको केही खर्ब अमेरिकी डलरको कृषि भत्ता कुनै पनि नघटेको, इलेक्ट्रोनिक वाणिज्यआदि नवोदित अर्थतन्त्र विश्व बजारमा प्रचलित भएको, विश्व व्यापार संगठनले कुनै पनि अन्तर्राष्ट्रिय नियम प्रस्तुत नगरेको, आजको एकपक्षीयतावाद र संरक्षणवादबारे विश्व व्यापार संगठनले प्रभावकारी रुपमा बाधा पुर्‍याउनसक्ने र त्यसले विश्व व्यापार संगठनले सुधार गर्नचाहने र सुधार गर्नुपर्ने कुरा बताउनुभयो।

जानकारी तथा लेखहरु