फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

एशिया मसलन्द तथा समुद्री ढुवानी सम्मेलनमा बीआरआई चर्चा

(GMT+08:00) 2018-11-21 15:19:38

आठौँ एशिया मसलन्द तथा समुद्री ढुवानी सम्मेलन नोभेम्बर २० देखि २१ तारिखसम्म हङकङमा आयोजित भएको छ। विश्वका ३० वटा मुलुक तथा क्षेत्रका २ हजार १ सय व्यक्तित्वहरूले सो सम्मेलनमा भाग लिई एशियामा आपूर्ति लिङ्क, खुद्रा बिक्रीको नयाँ युगमा मसलन्द सुधार तथा मसलन्द सम्बन्धी प्रविधि ३ वटा विषयबारे छलफल गरेका छन्। स्वतन्त्र व्यापार तथा बेल्ट एण्ड रोडबाट ल्याउने व्यापारिक अवसर चर्चित विषय बनेको छ।

हङकङ वाणिज्य विकास काउन्सिलका महाप्रबन्धक फाङ शोनवनले बेल्ट एण्ड रोड प्रस्ताव, क्वाङतुङ-हङकङ-मकाउ ठूलो क्षेत्रको निर्माण, हङकङ-आशियान स्वतन्त्र व्यापार सम्झौता यी सबै विकासबाट नै व्यापार, पूँजी तथा मानवको नयाँ प्रवाह उठ्ने बताउनुभयो। उहाँले मसलन्द तथा समुद्री ढुवानीमा नयाँ व्यापार अवसर सिर्जना गर्ने विश्वास पनि व्यक्त गर्नुभएको छ।

चाइना रेलवे कन्टेन्नर(सिआरसिटी) कम्पनीका उप म्यानेजर चुङ छङले बेल्ट एण्ड रोडको चीन-यूरोप रेलमार्गबारे जानकारी दिँदै सन् २०१७ मा वर्षभरी संचालित यसै रेलको संख्या ३ हजार ६ सय ७३ पटक भएको र पोहोर सालको तुलनामा शतप्रतिशतले बृद्धि भएको बताउनुभयो। साथै भियतनाम, जापान र दक्षिण कोरियाका माल-सामान पनि यसै रेलद्वारा मध्य एशिया तथा यूरोप पुर्‍याइरहेको पनि म्यानेजर चुङले जनाउनुभयो।

जानकारी तथा लेखहरु