फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सी चिन फिङद्वारा फिलिपिन्सको प्रतिनिधि सभाका सभामुख सिनेटका सभामुख सोटोसँग भेटघाट

(GMT+08:00) 2018-11-21 16:25:32

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले आज नोभेम्बर 21 तारिख मनिलामा फिलिपिन्सको प्रतिनिधि सभाका सभामुख ग्लोरिया माकापागाल अरोयो र फिलिपिन्सको सिनेटका सभामुख भिसेन्टे सोटो तीनसँग भेटघाट गर्नुभएको छ।

राष्ट्राध्यक्ष सीले अरोयो र सोटो चिनियाँ जनताका पुरानो साथी हुनुहुन्छ भन्दै दुबै जनाले लामो समयदेखि चीन र फिलिपिन्सको मित्रताका लागि गर्नुभएको प्रयासको प्रशंसा गर्नुभयो। उहाँले विधायिकाहरूको मैत्रीपूर्ण आदान-प्रदान चीन र फिलिपिन्सको सम्बन्धको महत्वपूर्ण भाग हो भन्ने कुरा व्यक्त गर्नुका साथै‍ फिलिपिन्सको प्रतिनिधि सभा र सिनेटले चीन र फिलिपिन्सको मित्रतालाई बढाउनका लागि ठूलो भूमिका निर्वाह गर्नसक्ने आशा लिएको कुरा बताउनुभयो।

अरोयो र सोटोले राष्ट्राध्यक्ष सीलाई फिलिपिन्समा स्वागत गर्दै चीनले फिलिपिन्सको विकासमा गरेको सहयोगका लागि कृतज्ञाता ज्ञापन व्यक्त गर्नुभयो। चीनसँग आर्थिक तथा सामाजिक विकासको सफल अनुभव सिक्ने आशा फिलिपिन्सले लिएको कुरा उहाँले बताउनुभयो।

जानकारी तथा लेखहरु