फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका राष्ट्राध्यक्ष सीको बैदेशिक भ्रमणबारे चिनियाँ परराष्ट्र मन्त्री वाङ यीको चर्चा

(GMT+08:00) 2018-11-21 19:13:16

सन् २०१८ को नभेम्बर १५ देखि २१ तारिखसम्म चीनका राष्ट्राध्यक्ष सी चिनफिङले एशिया-प्रशान्त आर्थिक व्यापारिक सहयोग संगठन(एपेक)को २६औँ अनौपचारिक शिखर सम्मेलनमा भाग लिनुभएको छ। साथै उहाँले पपुआ न्यु गिनी, ब्रुनाइ र फिलिपिन्सको राजकीय भ्रमण पनि गर्नुभएको छ। यसका अतिरिक्त, उहाँले प्रशान्त महासागरका टापु मुलुकहरूका नेतासँग पनि भेट-वार्ता गर्नुभएको छ। राष्ट्राध्यक्ष सीको बैदेशिक भ्रमण सम्पन्न भएको उपलक्ष्यमा चीनका परराष्ट्र मन्त्री वाङ यीले पत्रकारसँग सीको भ्रमणबारे जानकारी दिनुभएको छ।

परराष्ट्र मन्त्री वाङले बताउनुभए अनुसार भ्रमणताका राष्ट्राध्यक्ष सीले एपेकका सदस्य मुलुकका नेतासँग क्षेत्रीय आर्थिक एक रूपी उपायबारे छलफल गर्दै दक्षिण-पूर्वी एशियाका छिमेकी मुलुकहरूसँग रणनीतिक सहयोगको योजना बनाउनुभएको छ। साथै उहाँले प्रशान्त महासागरका टापु मुलुकहरूसँग दिगो विकासको नक्शा कोर्नुभएको छ। उहाँको भ्रमणमा संयुक्त भाग्य समुदायको बोध उठाउँदै साझेदारी सहयोग एवं बेल्ट एण्ड रोड निर्माणको प्रवर्द्धन गरिएको छ। बहुपक्षीयवादी विश्वासलाई बलियो पार्दै साझा विकास तथा प्रगतिको लागि व्यापक मतैक्य हासिल भएको छ। चीनमा जनमतले ठहर लिएको छ कि संरक्षणवाद, एकपक्षवाद, राजनीति शक्ति अन्तर्राष्ट्रिय पृष्ठभूमिमा चीनले साझा बिजयी तथा बहुपक्षको बिजयीको आधारमा संयुक्त परामर्श, निर्माण तथा बाँड्ने सिद्धान्तको पालना गरिरहेको छ जसबाट रचनात्मक, जिम्मेवारी ठूलो मुलुकको रूप देखिएको छ।

राष्ट्राध्यक्ष सीको भ्रमणको विशेषताबारे चर्चा गर्दै परराष्ट्र मन्त्री वाङले उपलब्धिका केही बुँदा अगाडि सार्नु भएको छ।

खुपालन तथा सहिष्णुताको पालना गर्दै चीन विश्व तथा एशिया-प्रशान्त सहयोगको अग्र स्थानमा उभिइरहने उहाँको पहिलो बुँदा रहेको छ।

मैत्रीपूर्ण छिमेकीपनको परम्परामा निरन्तरता दिँदै चीन-ब्रुनाइ, चीन-फिलिपिन्स सम्बन्धलाई अघि बढाइएको उहाँको दोस्रो बुँदा रहेको छ।

सदिच्छापूर्ण भावनामा चीन र टापु मुलुकहरू बीचको सम्बन्धलाई घनिष्ट पारिएको परराष्ट्रमन्त्री वाङको तेस्रो बुँदामा उल्लेख छ।

सुधार तथा खुलापनको नतिजा देखाउँदै चीनको विकासबाट प्राप्त अवसरलाई विश्व सामु बाँडिएको अर्को बुँदामा उहाँले प्रस्तुत गर्नु भएको छ।

अन्तमा परराष्ट्र मन्त्री वाङले भन्नुभएको छः जटिल बाह्य वातावरणको सामना गर्दै शान्तिपूर्ण विकास बाटोमा हितयुक्त तथा साझा बिजयी आधारित खुपालन रणनीतिको पालना चीनले गर्दै जानेछ। विश्वका विभिन्न मुलुकहरूसँगको सकारात्मक अन्तर्क्रिया गर्दै साझा बिजयी प्राप्त क्रममा अघि बढ्दै जानेछ र दुई शताब्दी लक्ष्य तथा चीनको पुनरूत्थान सपनाका लागि राम्रो वातावरण सिर्जना गर्दै चीन अगाडि बढ्नेछ। मानवजातिको शान्ति तथा विकास महाकार्यमा चीनले योगदान दिन कोशिश गर्दै जानेछ।

जानकारी तथा लेखहरु