फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ निजी उद्योग-व्यवसायीहरू द्वारा "बीआरआई" प्रस्तावले उद्योग-व्यवसायको विकासलाई अगाडि बढाएको विचार व्यक्त

(GMT+08:00) 2018-11-21 17:07:56

चीनको राज्य परिषदको प्रेस कार्यालयले आज नोभेम्बर 21 तारिख चिनियाँ तथा विदेशी पत्रकारहरूको सम्मेलन आयोजना गरेको छ। चार जना चिनियाँ निजी उद्योग-व्यवसायीहरूले "सुधार खुलापन र निजी अर्थतन्त्रको विकास"बारे चिनियाँ तथा विदेशी पत्रकारहरूसँग आदान-प्रदान गरेका छन्। उद्योग-व्यवसायीहरूले सुधार तथा खुलापनको चालीस वर्षमा निजी उद्योग-व्यवसायले समाजलाई धनको उत्पादन, रोजगार अवसर उपलब्ध गराउने योगदानहरू दिएको, साथै "बेल्ट एण्ड रोड" प्रस्ताव प्रस्तुत गरेको सँगसँगै विदेशमा चिनियाँ निजी उद्योग-व्यवसायको विकासले नयाँ सुअवसरको स्वागत गरेको कुरा बताएका छन्।

सन् 1982 मा स्थापित सिन सी वाङ समूहको हालसम्म 36 वर्षको इतिहास छ। सिन सी वाङ समूह बोर्डका अध्यक्ष लिउ युङ हाउले निजी उद्योग-व्यवसायले समाजलाई कर र वाणिज्य ढाँचा उपलब्ध गराएको मात्र नभई सामाजिक विकासका लागि ठूलो योगदान दिएको कुरा बताउनुभयो।

आठ वर्ष अगाडि मात्रै स्थापना भएको स्याउ मी कम्पनी बोर्डका अध्यक्ष एवं प्रथम कार्यकारी अधिकृत लै च्युनले वैज्ञानिक तथा प्राविधिक आविष्कार क्षेत्रमा निजी उद्योग-व्यवसाय एक महत्वपूर्ण शक्ति भएको बताउनुभयो।

चालु वर्ष "बेल्ट एण्ड रोड" प्रस्ताव प्रस्तुत गरिएको पाँचौं वर्ष हो। धेरै उद्योग-व्यवसायीहरूले "बेल्ट एण्ड रोड" प्रस्तावले उद्योग-व्यवसायका लागि विकासको नयाँ अवसर उपलब्ध गराएको कुरा बताएका छन्।

जानकारी तथा लेखहरु