फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सुख्खा बन्दरगाहका बिषयमा छलफल

(GMT+08:00) 2018-11-22 14:37:54

चोभारमा निर्माण गर्ने भनिएको सुक्खा बन्दरगाह (काठमाडौं कन्टेनर फ्रेट स्टेसन) का विषयमा सरकारले छलफल थालेको छ। बन्दरगाहको शिलन्यास गर्ने दिन तय भएर स्थगित गरिएको थियो।

बन्दरगाह निर्माण तथा देखिएका समस्याका विषयमा मंगलबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिका यादवले सरोकारवाला निकायसँग छलफल गर्नु भएको अन्नपूर्ण पोष्ट अनलाइनले लेखेको छ। छलफलमा सांसद राजन केसी, कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जन र स्थानीय संघर्ष समितिका पदाधिकारी सहभागी थिए। छलफलमा मन्त्री यादवले चोभारमा सुक्खा बन्दरगाह निर्माण गर्ने सरकारको लक्ष्य भएको जानकारी दिनुभयो।

बन्दरगाह निर्माण सुरु नहुँदै स्थानीयबासीले विभिन्न माग अघि सारेर आन्दोलन गर्नुका साथै निर्माण प्रक्रिया नै स्थगित गर्न लगाएका छन्। स्थानीयबासिले २०–३० वर्षका लागि मात्रै उपभोग हुने गरी भौतिक पूर्वाधार गर्नुभन्दा सय डेढसय वर्षसम्म उपभोग हुन सक्ने गरी भौतिक पूर्वाधार निर्माण गर्नुपर्ने छलफलमा माग अघि सारेका थिए। उनीहरूले बन्दरगाहभन्दा अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनीस्थल निर्माण र पर्यटकीय क्षेत्रका रूपमा विस्तार गर्नुपर्ने माग राखेका थिए।

बन्दरगाह निर्माण हुँदा वीरगन्ज र तातोपानीबाट ठूला कन्टेनर आउँदा राजधानीको सडकमा थप जाम हुने भन्दै चोभारमा बन्दरगाह निर्माण गर्न नदिने विषयमा स्थानीयबासी तथा संघर्ष समितिले मन्त्री यादवको ध्यानाकर्षण गराउनु भएको थियो। मन्त्री यादवले भने समस्या समाधान गरेर मात्रै बन्दरगाह निर्माण गरिने छलफलमा बताउनु भएको थियो। मंगलबारको छलफलले निकास दिन नसकेपछि थप छलफल गर्नुपर्ने आवश्यकता महसुस गरी मन्त्रालयले पुनः अर्को छलफल गर्ने जनाउनु भएको छ।

प्रधानमन्त्री केपी ओलीले गत असोज ३० गते बन्दरगाहको भवन निर्माणको शिलान्यास गर्ने कार्यक्रम तय भएको थियो। तर, रातारात शिलान्यास कार्यक्रम स्थगित भएको थियो।

जानकारी तथा लेखहरु