फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मध्य पूर्वको शान्तिलाई अघि बढाउने चीन इच्छुक

(GMT+08:00) 2018-11-22 14:49:38
प्यालेष्टाइनको भ्रमणमा रहनुभएका मध्य पूर्व समस्यासम्बन्धी चिनियाँ विशेष दूत कोङ स्याउशनले हिजो नोभेम्बर २१ तारिख मध्य पूर्वको शान्ति अघि बढाउने सकारात्मक भूमिका निर्वाह गर्ने इच्छा चीनले लिएको बताउनुभएको छ।

नोभेम्बर २० तारिख चिनियाँ विशेष दूत कोङले प्यालेष्टिनी राष्ट्रपति महमौद अब्बाससँग भेट-वार्ता गर्नुभयो भने २१ तारिख प्यालेष्टिनी राष्ट्रिय मुक्ति आन्दोलन फाताहको केन्द्रीय समितिका सदस्य अब्बास जाकीसँग पनि भेट-वार्ता गर्नुभयो। त्यसपछि आयोजित पत्रकार सम्मेलनमा विशेष दूत कोङले मध्य पूर्वमा हरेक दिन रक्तपातपूर्ण हिंसा फैलिरहेकोमा चीनलाई चिन्ता लागेको र सो क्षेत्रमा चीनले अझ सकारात्मक भूमिका निर्वाह गर्ने अपेक्षा गरेको जनाउनुभयो। आफ्नो मध्य पूर्व भ्रमणका २ वटा उद्देश्यबारे ब्याख्या गर्दै विशेष दूत कोङले प्यालेष्टाइन तथा इजरायल बीच नयाँ संघर्ष भएपछि मध्य पूर्वी जनतालाई समर्थन दिन आफू आएको बताउनुभयो। उहाँले दोस्रो उद्देश्यको जानकारी दिँदै शान्तिका लागि विद्यमान संघर्ष हटाउने सम्बन्धी चीनको अडान तथा ख्याल प्रस्तुत गर्न आफू आएको बताउनुभयो। शान्तिपूर्वक विकास हुने मध्य पूर्व चीनको विकासको लागि सहयोगी भएको ठहर पनि विशेष दूत कोङले गर्नुभएको छ।

जानकारी तथा लेखहरु