फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सी चिन फिङ र कजाकिस्तानका प्रधानमन्त्रीबीच भेटघाट

(GMT+08:00) 2018-11-22 19:02:04

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले आज नोभेम्बर 22 तारिख जन वृहत सभा भवनमा कजाकिस्तानका प्रधानमन्त्री बाख्यचान अब्डिरुली सागिन्टायेसँग भेटवार्ता गर्नुभएको छ।

सो अवसरमा राष्ट्राध्यक्ष सीले मैत्रीपूर्ण छिमेकी मुलुक र चौतर्फी रणनीतिक साझेदारको रुपमा चीनले कजाकिस्तानसितको सम्बन्धको विकासमा महत्व दिएको, कजाकिस्तानले जनतालाई केन्द्रको रुपमा राख्ने विकास अवधारणाको प्रशंसा गरेको र कजाकिस्तानी जनताले राष्ट्रिय अवस्थासित अनुकूल हुने विकास बाटो हिँड्न समर्थन दिएको कुरा बताउनुभयो।

राष्ट्राध्यक्ष सीले चालु वर्ष उहाँले "बेल्ट एण्ड रोड" प्रस्ताव प्रस्तुत गर्नुभएको पाँचौँ वार्षिकोत्सव रहेको भन्दै पाँच वर्षयता "बेल्ट एण्ड रोड" सहयोगले आबद्ध मुलुकका जनतालाई लाभ दिएको र विश्व अर्थतन्त्रको विकासका लागि नयाँ शक्ति थपेको कुरा बताउनुभयो। कजाकिस्तानले "बेल्ट एण्ड रोड" सहयोगको दृढताका साथ समर्थन दिएको र संलग्न भएकोमा चीनले प्रशंसा गरेको कुरामा राष्ट्राध्यक्ष सीले जोड दिनुभयो।

कजाकिस्तानका प्रधानमन्त्री बाख्यचानले पाँच वर्षअघि राष्ट्राध्यक्ष सीले कजाकिस्तानमा रेशमी मार्ग आर्थिक पेटीको प्रस्ताव प्रस्तुत गर्नुभएकोमा कजाकिस्तानले उच्च मूल्यांकन गरेको बताउँदै यो प्रस्ताव क्षेत्रीय अन्तरसन्जाल तथा अन्तरकार्यलाई बढाउन, विश्वव्यापी चुनौतिको सामना गर्न, विश्वको सुरक्षा तथा स्थिरताको संरक्षण गर्न र साझा बृद्धि र समृद्धिलाई घच्घच्याउनका लागि महत्वपूर्ण रहेको बताउनुभयो।

जानकारी तथा लेखहरु