फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका परराष्ट्र मन्त्री तथा संयुक्त राष्ट्र संघका उपमहासचिव बीच भेटघाट

(GMT+08:00) 2018-11-22 19:04:40

चीनको राज्य परिषदका सदस्य एवं परराष्ट्र मन्त्री वाङ यीले आज नोभेम्बर २२ तारिख पैचिङमा चीन भ्रमणमा रहनुभएका संयुक्त राष्ट्र संघका स्थायी उप महासचिव अमीन मोहमदसँग भेटघाट गर्नुभएको छ।

भेटमा वाङले संयुक्त राष्ट्र संघ बहुपक्षवाद उठाउने झण्डा तथा बहुपक्षीय प्रणाली केन्द्रीय संस्था हो भन्दै वर्तमान परिस्थितिमा पहिलेभन्दा अहिले अन्तर्राष्ट्रिय समाजलाई बलियो संयुक्त राष्ट्र संघको आवश्यकता परेको ठहर व्यक्त गर्नुभएको छ। चीनले बहुपक्षवादको अडिगताका साथ समर्थन गर्दै जाने र विकासोन्मुख मुलुकको हक-अधिकारको संरक्षण गर्दै जाने पनि उहाँले बताउनुभयो। चीनले संयुक्त राष्ट्र संघसँगै जलवायु परिवर्तन लगायत विश्वव्यापी प्रभावित समस्याबारेमा घनिष्ट सहयोग गर्दै बेल्ट एण्ड रोड सहयोगलाई अघि बढाउँदै जाने इच्छा लिएको पनि वाङले बताउनुभयो।

सो अवसरमा उप महासचिव अमिनले बहुपक्षवाद तथा संयुक्त राष्ट्र संघको कामको चीनले समर्थन दिइरहेकोमा प्रशंसा गर्दै चीनसँगको घनिष्ट सहयोगमा निरन्तरता दिने अपेक्षा पनि व्यक्त गर्नुभएको छ।

जानकारी तथा लेखहरु