फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन र कजाकिस्तानका प्रधानमन्त्रीहरूबीच भेटवार्ता

(GMT+08:00) 2018-11-22 19:24:37

चीनका प्रधानमन्त्री ली ख छ्याङले आज नोभेम्बर 22 तारिख कजाकिस्तानका प्रधानमन्त्री बाख्यचान अब्डिरुली सागिन्टायेसँग भेटवार्ता गर्नुभएको छ।

प्रधानमन्त्री लीले चीनले "बेल्ट एण्ड रोड"प्रस्तावलाई कजाकिस्तानको विकास रणनीतिसँग राम्रोसँग जोड्ने, चीन र कजाकिस्तानबीचको उच्च स्तरको पारस्परिक विश्वास र सहयोग इच्छालाई व्यावहारिक उपलब्धि मोड्ने, दुई मुलुकका जनतालाई निरन्तर रुपमा लाभ दिने आशा लिएको कुरा बताउनुभयो।

सागिन्टायेले कजाकिस्तान र चीनबीचको चौतर्फी रणनीतिक साझेदारी सम्बन्ध उच्च स्तरमा चलिरहेको, दुई मुलुकको उच्च स्तरको पारस्परिक भ्रमण घनिष्ठ भएको, राजनीति क्षेत्रमा पारस्परिक रुपमा विश्वास भएको कुरा बताउनुभयो।

भेटवार्तापछि दुई मुलुकका प्रधानमन्त्रीहरूले सम्बन्धित सहयोगात्मक दस्तावेजमा हस्ताक्षर गर्न साक्षी बस्नुभयो।

जानकारी तथा लेखहरु