फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

माथिल्लो मर्स्याङ्दी अब चिनियाँ र नेपाली कम्पनीले बनाउने

(GMT+08:00) 2018-11-23 14:42:12

भारतीय कम्पनी जिमएमआर (ग्रान्धी मालिकार्जुन राव)ले लाइसेन्स बेचेको ६ सय मेगावाटको माथिल्लो मर्स्याङ्दी जलविद्युत आयोजना नेपाली र चिनियाँ कम्पनीले बनाउने भएका छन्।

बुटवल पावर कम्पनी र तीनवटा चिनियाँ कम्पनीले उक्त आयोजनाको सबै सेयर किन्ने सम्झौता गत वैशाखमा भएको थियो। आयोजनाका लागि जिएमआरले बनाएको हिमताल हाइड्रो पावर कम्पनीको सेयर बुटवल पावर कम्पनीले झन्डै २० प्रतिशत र बाँकी चिनियाँ कम्पनीले किन्ने भएका सेतोपाटी अनलाइनले लेखेको छ। चिनियाँ कम्पनीहरू एससिआइजी इन्टरनेशनल, सिन्चेङ इन्टरनेशनल इन्भेष्टमेन्ट र क्युवाइइसी इन्टरनेशनल लिमिटेडसँग मिलेर आफूहरूले आयोजना बनाउन लागेको बुटवल पावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत उत्तरकुमार श्रेष्ठले जानकारी दिनुभयो।

'जिएमआरबाट सेयर हाम्रो नाममा आउने पक्रिया अन्तिम चरणमा पुगेको छ, एकदुई हप्तामै सकिन्छ होला,' सिइओ श्रेष्ठले भन्नुभयो, 'हाम्रो नाममा आउनासाथ काम सुरू गर्न सजिलो होस् भने र लगानी बोर्डसँग अनौपचारिक छलफल भइरहेको छ।'

आयोजना विकास सम्झौताबारे बुधबार पनि कम्पनीका अधिकारीले लगानी बोर्डसँग अनौपचारिक कुरा गरेको बोर्डका सिईओ महाप्रसाद अधिकारीले जानकारी दिनुभयो। 'उहाँहरू अनौपचारिक छलफलका लागि आउनुभएको थियो,' अधिकारीले भन्नुभयो।

सेयर आफूहरूको नाममा आउनासाथ काम सुरू गरिहाल्ने भएकाले लगानी बोर्डसँग कुराकानी गरेको श्रेष्ठले बताउनुभयो। १० वर्षअघि सरकारले आयोजनाको अध्ययन गर्न जिएमआरलाई अनुमति दिएको थियो। विस्तृत आयोजना प्रतिवेदन बनाइसकेपछि जिएमआर माथिल्लो मर्स्यांङ्दी बेचेको हो।

९०० मेगावाटको माथिल्लो कर्णालीका लागि जिएमआरले फाइनान्सियल क्लोजरको समय थप्न माग गरेको छ। भदौ तेस्रो साता जिएमआरले बोर्डलाई समय एक वर्ष थप्न निवेदन दिएको थियो। समय थप्न जिएमआएरले तेस्रो पटक निवेदन दिएको हो। एक वर्षअघि थपेको फाइनान्सलियल क्लोजरको समय असोज पहिलो साता सकिएको थियो। जिएमआएरको निवेदनमा बोर्डले कुनै निर्णय गरेको छैन।

जानकारी तथा लेखहरु