फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"नयाँ युगमा चीनको विशेषतायुक्त समाजवादसम्बन्धी सी चिन फिङको विचारधाराका तीस भाग"को पाठ्य सामग्री सार्वजनिक

(GMT+08:00) 2018-11-23 15:41:16

अधिकारी र सर्वसाधारण खास गरी विश्वविद्यालयका शिक्षक-शिक्षिका र विद्यार्थीलाई नयाँ युगमा चीनको विशेषतायुक्त समाजवादसम्बन्धी सी चिन फिङको विचारधारा सिक्न घच्घ्चयाउनका लागि चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिअन्तर्गत प्रचार-प्रसार विभाग र चीनको शिक्षा मन्त्रालयले "नयाँ युगमा चीनको विशेषतायुक्त समाजवादसम्बन्धी सी चिन फिङको विचारधाराका तीस भाग"को पाठ्य सामग्री संयुक्त रुपमा बनाएका छन्। हाल यो पाठ्य सामग्री जन वेभसाइट, सिन व्हा वेभसाइट, छ्यौ श वेभसाइट, चिनियाँ सभ्यता वेभसाइट, शिक्षा मन्त्रालयको वेभसाइटमा सार्वजनिक गरिएको छ। पाठ्य सामग्री निःशुल्क रुपमा डाउनलोड गर्न सकिन्छ।

उक्त तीस भागको पाठ्य सामग्री नयाँ युगमा चीनको विशेषतायुक्त समाजवादसम्बन्धी सी चिन फिङको विचारधाराको आधारभूत भावना, आधारभूत विषय, आधारभूत मागबमोजिम लेख, फोटा, भिडियो, अडियोको तरीकामार्फत डिजाइन गरिएको र बनाइएको छ।

जानकारी तथा लेखहरु