फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनमा अफ्रिकी स्वाइन फ्लूको नियन्त्रण प्रभावकारी

(GMT+08:00) 2018-11-23 15:42:17

चीनको कृषि तथा ग्रामीण मन्त्रालयले आज नोभेम्बर 23 तारिख पत्रकार सम्मेलन गरी अफ्रिकी स्वाइन फ्लूको नियन्त्रण अवस्थाबारे जानकारी दिएको छ। कृषि तथा ग्रामीण मन्त्रालयका अधिकारीकाअनुसार, अफ्रिकी स्वाइन फ्लूको नियन्त्रण कार्यले सकारात्मक उपलब्धि हासिल गरेको छ।

चीनको कृषि तथा ग्रामीण मन्त्रालयअन्तर्गत पशुपालन तथा पशु चिकित्सक विभागका प्रमुख फङ चुङ ऊले सम्बन्धित विभागले अफ्रिकी स्वाइन फ्लू फैलिएयता गम्भीर रुपमा जाँचबुझ गरेको र अहिले अफ्रिकी स्वाइन फ्लूको नियन्त्रण कार्यले सकारात्मक उपलब्धि हासिल गरेको बताउनुभयो। उहाँले चालु व‍र्षको अगष्टको सुरुमा चीनमा पहिलो पटक अफ्रकी स्वाइन फ्लू फेला परेयता नोभेम्बर बाईस तारिखसम्म चीनका 20 वटा प्रान्तका 47 वटा शहरमा 73 पटक घरेलु स्वाइन फ्लू र एक पटक जंगली स्वाइन फ्लू भेटिएको र जम्मा छ लाख वटा बङ्गुर मारिएको बताउनुभयो।

संयुक्त राष्ट्र संघीय खाद्यान्न तथा कृषि संगठनलगायतका अन्तर्राष्ट्रिय संगठनहरू र सम्बन्धित मुलुकहरूले चीनको अफ्रिको स्वाइन फ्लूको नियन्त्रण कार्यको सकारात्मक मुल्याङ्कन गरेको कुरा फङ चुङ ऊले पनि बताउनुभयो।

जानकारी तथा लेखहरु