फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्राध्यक्ष सी चार मुलुकको भ्रमण गर्दै जी बीस शिखर सम्मेलनमा सहभागी हुनुहुने

(GMT+08:00) 2018-11-23 16:22:47

चीनको परराष्ट्र मन्त्रालयले आज नोभेम्बर 23 तारिख जनाएअनुसार, स्पेनका राजा फेलिप छैटौँ, अर्जेन्टिनाका राष्ट्रपति माउरिसिओ माक्री, पनामाका राष्ट्रपति जुआन कार्लोस भारेला, पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो डे सौसाको निमन्त्रणामा चीनका राष्ट्राध्यक्ष सी चिन फिङले यसै नोभेम्बर 27 तारिखदेखि आगामी डिसेम्बर 5 तारिखसम्म उल्लिखित चार मुलुकको भ्रमण गर्नुहुने छ। सो अवसरमा अर्जेन्टिनाका राष्ट्रपति माक्रीको निमन्त्रणामा राष्ट्राध्यक्ष सीले नोभेम्बर 30 तारिखदेखि आगामी डिसेम्बर 1 तारिखसम्म अर्जेन्टिनाको ब्यूनस आयर्समा आयोजना हुने बीस मुलुक समूहका नेताहरूको तेह्रौं शिखर सम्मेलनमा भाग लिनुहुने छ।

चीनको परराष्ट्र मन्त्रालय र चीनको वाणिज्य मन्त्रालयका सम्बन्धित जिम्मेवार व्यक्तिहरूले आज चिनियाँ कम्युनिष्ट पार्टीको उन्नाईसौं महाधिवेशनपछि राष्ट्राध्यक्ष सीले यूरोप र ल्याटिन अमेरिकाको भ्रमण गर्नुहुने यो पहिलो पटक रहेको बताए। यस पटकको जी बीस शिखर सम्मेलनले विभिन्न पक्षलाई साझेदारी भावनालाई कायम राख्दै अगाडि बढाउनसक्ने र विश्व अर्थतन्त्रको खुला र स्वस्थ विकासलाई बढाउनसक्ने आशा लिएको कुरा बताएका छन्।

पत्रकार सम्मेलनमा चीनका सहायक परराष्ट्र मन्त्री चाङ च्युनले चालु वर्षको जी बीस शिखर सम्मेलनको मुख्य विषय "निष्पक्ष र दिगो विकासका लागि सहमति" रहेको, विश्व अर्थतन्त्र, व्यापार तथा लगानी, डिजिडल अर्थतन्त्र, दिगो विकास, आधारभूत पूर्वाधार, जलवायु परिवर्तनआदि विषयहरू छलफल गरिने बताउनुभयो। चीनका राष्ट्राध्यक्ष सीले चीनको अडान र अवधारणाबारे ब्याख्या गर्नुहुने र विभिन्न मुलुकका नेताहरूसँग आदान-प्रदान गर्नुहुने चाङले बताउनुभयो।

चीनका उप परराष्ट्र मन्त्री वाङ छाउले राष्ट्राध्यक्ष सीको स्पेन र पोर्चुगलको भ्रमणले नयाँ समयमा चीन र यूरोपको सम्बन्धको विकासका लागि नयाँ जीवन्त शक्ति थप्ने र पनामाको राजकीय भ्रमणले दुई मुलुकको दौत्य सम्बन्धको स्थापना भएपछि चीनका राष्ट्रनायकले पहिलोपटक पनामाको भ्रमण गर्नुहुने बताउनुभयो।

जानकारी तथा लेखहरु