फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

खुलस्त र सहिष्णु सहयोगद्बारा टाढालाई नजिक पार्ने चिनियाँ कुटनीति

(GMT+08:00) 2018-11-23 16:28:58

भर्खरै एशिया प्रशान्त यात्रा सिध्याउनुभएका चीनका राष्ट्राध्यक्ष सी चिन फिङले आगामी नोभेम्बर 27 तारिखदेखि स्पेन, अर्जेन्टिना, पानामा र पोर्चुगलको राजकीय भ्रमण गर्नुहुनेछ। साथै उहाँ अल्जेन्टिनाको राजधानी बुइनोसएरिसमा आयोजना हुने 20 मुलुक समूहको शिखर सम्मेलनमा सहभागी पनि हुनुहुनेछ।

सन् 2018 मा पहिलो विश्व युद्ध सम्पन्न भएको सयौँ वार्षिकोत्सव हुनुका साथै सन् 2008 मा अन्तर्राष्ट्रिय बैकिङ संकट देखा परेपछिको एक दसक पूरा भएको समय पनि हो। अहिले विश्वव्यापीकरण विपरीत, एकपक्षीयतावाद र संरक्षणवादले गम्भीर रुपमा अन्तर्राष्ट्रिय परिपाटीमाथि आक्रमण गरेको एक वर्ष व्यतित भएको पनि हो। यस्तो बिरलै देखिने बदलिँदो अवधिमा विभिन्न मुलुकहरूले ध्यान दिएर इतिहासको पुन:सिंहावलोकन गर्नुका साथै अनुभव निकालेर अझ सुमधुर भविष्यको सिर्जनाका लागि अझ बढी निश्चितता, स्थिरता र सकारात्मक शक्ति थपिदिनुपर्छ। चीनका सर्वोच्च नेताले सक्रियताका साथ कुटनीतिक भ्रमण गर्नुभएको अवस्थाबाट सबैभन्दा ठूलो विकासोन्मुख मुलुक र सुरक्षा परिषद्को स्थायी सदस्य मुलुकको हैसियतले जटिल बाह्य वातावरणको सामना गर्दा चीनले सक्रियताका साथ सारा विश्वको सुधारका लागि खुलस्त सहयोग र साझा विकास हुने चिनियाँ योजना अर्पण गर्ने दृढ अठोट र अथक प्रयास पनि प्रतिबिम्बित भएको छ।

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले भ्रमण गर्न लाग्नु भएका मुलुकमध्ये स्पेन, अर्जेन्टिना, पानामा र पोर्चुगलले "बेल्ट एण्ड रोड"मा भाग लिएर चीनसँग सहकार्य गर्दै साझा जित पाउन सहभागी भइसकेका छन्।

जानकारी तथा लेखहरु