फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

स्वतन्त्र व्यापार परीक्षात्मक क्षेत्रलाई सुधार गर्ने चीनका 23 वटा कदम

(GMT+08:00) 2018-11-23 16:31:25

चीनले आज नोभेम्बर 23 तारिख स्वतन्त्र व्यापार क्षेत्रको सुधार तथा आविष्कारलाई सबल पार्ने 53 वटा कदम सार्वजनिक गरेको छ। ती कदमहरूमा राम्रो लगानी वातावरणको सिर्जना, व्यापारिक सुविधा स्तर उकास्ने, बैकिङ आविष्कारलाई बढाउने र वास्तविक अर्थतन्त्रका लागि सेवा उपलब्ध गराउँदै श्रमिक श्रोत साधन क्षेत्रको परीक्षणलाई अगाडि बढाउने आदि विषयहरू समावेश छन्।

चिनियाँ जन बैंकअन्तर्गत अध्ययन विभागका प्रमुख स्यू चुङले सार्वजनिक भएको "स्वतन्त्र व्यापार परीक्षात्मक क्षेत्रलाई सुधार तथा आविष्कार सबल पार्न समर्थन दिने कदमहरू"मा बाह्रवटा कदम बैकिङ विषयसित सम्बन्धित रहेको बताउनुभयो।

चीनको भन्सार प्रधान कार्यालयअन्तर्गत स्वतन्त्र व्यापार क्षेत्र तथा विशेष क्षेत्र विभागका जिम्मेवार व्यक्ति छन टन छुङले सोही दिन 53 वटा कदममध्ये नौ वटा कदम भन्सार कार्यसित सम्बन्धित रहेको र व्यापारिक सुविधा स्तरलाई उकास्ने विषयसित मुख्यतःसम्बन्धित रहेको बताउनुभयो।

जानकारी तथा लेखहरु