फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनद्बारा कूटनीतिक संस्था लक्षित सबै हिंसात्मक कारवाईको कडा निन्दा

(GMT+08:00) 2018-11-23 18:34:09

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ श्वाङले आज नोभेम्बर 23 तारिख पाकिस्तानको कराँचीका लागि चिनियाँ महा वाणिज्य दूताबासमाथि आक्रमण गरिएको विषयबारे चर्चा गर्दै चीनले कूटनीतिक संस्था लक्षित सबै खालका हिंसात्मक कारवाईको कडा शब्दमा निन्दा गरेको बताउनुभएको छ।

प्रवक्ता कङका अनुसार, हाल कराँचीका लागि चिनियाँ महा वाणिज्य दूताबासका सबै कर्मचारी र परिवारजन सुरक्षित रहेका छन्। चीनले उक्त आक्रमण काण्डमा ज्यान गुमाएका पाकिस्तानी सुरक्षाकर्मीप्रति श्रद्धान्जली व्यक्त गर्नुका साथै उनीहरूका परिवारजन र अन्य घाइते भएका व्यक्तिहरूलाई समवेदना व्यक्त गरेको छ।

पाकिस्तानले वास्तविक कदम चालेर पाकिस्तानमा रहेका चिनियाँ नागरिक र संस्थाको सुरक्षालाई प्रत्याभूति दिन चीनले आग्रह गरेको कुरा पनि प्रवक्ता कङले बताउनुभएको छ।

जानकारी तथा लेखहरु