फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ मित्रताको संरक्षण गर्ने पाकिस्तानी विदेश मन्त्रीको भनाइ

(GMT+08:00) 2018-11-23 19:15:32

आज नोभेम्बर 23 तारिख दिउँसो चीनको राज्य परिषदका सदस्य एवं परराष्ट्र मन्त्री वाङ यीले पाकिस्तानी विदेश मन्त्री शाह महमुद कुरेशीसँग आकस्मिक टेलिफोन वार्ता गर्नुभएको छ।

कुराकानीका क्रममा पाकिस्तानी विदेशमन्त्री कुरेशीले सोही दिन कराँचीका लागि चिनियाँ महा वाणिज्यदूतावासमा भएको आक्रमणको घटना र पाकिस्तानको प्रारम्भिक छानबिन अवस्थाबारे जानकारी दिनुभयो। उहाँले पाकिस्तान सरकार र समाजका विभिन्न पक्षले आतंककारीको हिंसात्मक आक्रमणको कडा निन्दा गरेको र पाकिस्तान सरकार तथा जनताले चिनियाँ मित्रतासँग उभिने कुरा बताउनुभयो। पाकिस्तानले उक्त घटनाको छानबिन गर्ने र आवश्यक कदम चालेर आतंकवाद हटाउन सक्दो प्रयास गर्ने कुरा कुरेशीले बताउनुभयो। उहाँले पाकिस्तानले आफ्नो देशका नागरिकको संरक्षण गरेजस्तै चिनियाँ मित्रताको सुरक्षाको संरक्षण गर्ने कुरामा जोड दिनुभयो।

चिनियाँ परराष्ट्रमन्त्री वाङ यीले पाकिस्तानी प्रहारीले तुरुन्तै कारवाही गरेको र महा वाणिज्यदूतावासका व्यक्तिहरूको संरक्षण गरेकोमा चीनले यसप्रति कृतज्ञता ज्ञापन गरेको बताउनुभयो।

जानकारी तथा लेखहरु