फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पाकिस्तानमा भएको आक्रमणको राष्ट्र संघीय महासचिवद्वारा निन्दा

(GMT+08:00) 2018-11-24 14:59:02

संयुक्त राष्ट्र संघका महासचिव आन्टानियो गुटरेसले हिजो नोभेम्बर २३ तारिख एक वक्तव्य प्रकाशित गर्दै पाकिस्तानमा भएका दुइवटा आतंकवादी आक्रमणको निन्दा गर्नुभएको छ।

वक्तव्यका अनुसार, पाकिस्तानको कराँचीका लागि चिनियाँ महा वाणिज्य दूताबासमाथि आक्रमण र उत्तर-पश्चिमी पाकिस्तानमा भएको आतंकवादी आक्रमणको निन्दा महासचिव गुटरेसले गर्नुभएको छ। उहाँले मृतकका परिवारलाई हार्दिक समवेदना व्यक्त गरी घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना पनि वक्तव्यमा गर्नु भएको छ। उहाँले पाकिस्तान सरकार तथा जनतालाई पनि सान्त्वना व्यक्त गर्दै आक्रमणकर्ता पत्ता लगाएर सजाय दिने आशा पनि व्यक्त गर्नुभएको छ।

नोभेम्बर 23 तारिख चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ श्वाङले तीनजना अवैध सशस्त्र तत्वले कराँचीका लागि चिनियाँ महा वाणिज्य दूताबासमा प्रवेश गर्न खोज्दा पाकिस्तानी प्रहरीसँग गोली हानाहान भएको बताउनु भएको छ। सो आक्रमणमा तीनजना सशस्त्र तत्व मारिनुका साथै दुइजना पाकिस्तानी प्रहरीको मृत्यु भएको छ। वाणिज्य दूताबासका सबै कर्मचारी र परिवारजन सुरक्षित रहेका छन्।

सोही दिन उत्तर-पश्चिमी पाकिस्तानी औराक्चाय जातीय क्षेत्र मा एउटा बजारनजिकै बम आक्रमण हुँदा कम्तीमा २५ जनाको मृत्यु हुनुका साथै ३० जना घाइते भएका छन्।

जानकारी तथा लेखहरु