फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

लुम्बिनीमा मासु र मदिरा निषेध

(GMT+08:00) 2018-11-24 15:12:58

गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई पञ्चशील क्षेत्र घोषणा गरिएको छ। पञ्चशील क्षेत्र घोषणासँगै अब लुम्बिनी गुरुयोजनाले समेटेको क्षेत्रभित्र पशु काटमार, मासु सेवन र मदिरा सेवन निषेध हुने अनलाइन खबरले लेखेको छ।

प्राणी हिंसाबाट टाढा रहनु, मद्यपान नगर्नु, झूटो नबोल्नु, चोरी नगर्नु र व्यभिचार नगर्नु बुद्धका पञ्चशील सिद्धान्तमा पर्दछन्। यसअघि वनभोजमा आउने समूहले लुम्बिनी परिसरभित्रै लुकिछिपी मदिरा सेवन र मासुका परिकार बनाएर खाने गर्दथे। यसले विशेषगरी लुम्बिनी घुम्न आउने बौद्धमार्गी पर्यटकमा लुम्बिनीबारे नकारात्मक प्रभाव पर्न गएको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका थिए।

संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीले एक कार्यक्रमकाबीच बुधबार लुम्बिनीलाई पञ्चशील क्षेत्र घोषणा गर्नु भएको हो। उहाँले पञ्चशील घोषणाले शान्तिभूमि लुम्बिनीको छविलाई थप उचाईमा पु¥याई पर्यटन प्रवद्र्धनमा योगदान दिने धारणा राख्नुभयो।

उहाँले अबको ६ महिनापछि गौतमबुद्ध अन्तर्राष्टिय विमानस्थलबाट अन्तर्राष्टिय उडान शुरु भएसंगै लुम्बिनीमा पर्यटकको चाप बढ्ने भएकाले पर्यटन व्यवसायीलाई तयारी अवस्थामा रहन सुझाव दिनुभयो।

लुम्बिनी विकास कोषका निमित्त सदस्य सचिव सरोज भट्टराईले पञ्चशील क्षेत्रको प्रभावकारी कार्यान्वयनका लागि छिट्टै निर्देशिका बनाइने बताउनुभयो।

पञ्चशील घोषणा गरिएको क्षेत्रभित्र दुई ठूला होटलहरु होटल होक्के र कासाई होटेल रहेका छन्। यी होटलमा विदेशी पर्यटक सबैभन्दा धेरै बस्ने गर्छन्। यी दुई होटलका हकमा मासु र मदिराको बिक्री र सेवनलाई कसरी व्यविस्थत गर्ने भन्नेबारे अन्यौलता उब्जिएको छ।

बौद्धमार्गीहरुले लुम्बिनी क्षेत्रका सबै होटलहरुमा मासु र मदिरा निषेध गरिनुपर्ने माग गर्दै आएका छन्।

जानकारी तथा लेखहरु