फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

जाडो छल्न विदेशी चरा चितवनमा

(GMT+08:00) 2018-11-24 15:14:35

रुस, भारत, चीन, श्रीलङ्कालगायत देशबाट चरा जाडो छल्न नेपालको चितवन पुगेका छन्। हरेक वर्ष जाडो मौसममा चरा चितवन पुग्ने गरेको राष्ट्रिय समाचार समितिले लेखेको छ।

सौराहास्थित बर्ड एजुकेशन सोसाइटी का पूर्वअध्यक्ष एवं सल्लाहकार वासु बिडारीले पानीमा आश्रित खोया हाँस, चखेवा, लामठुडे हाँस, बेल्चाठुडे हाँसलगायत चरा मधेश र भित्री मधेशमा आइपुगेको उहाँले बताउनुभयो।

सबैभन्दा बढी चरा रुसको साइबेरियाबाट आउने गर्दछन्। नेपालबाट साइबेरियासम्मको दूरी १२ हजार किलोमिटरभन्दा बढी छ। ती चरा सगरमाथामाथिबाट समेत उडेर आउने गरेको बिडारीले बताउनुभयो।

(रासस)

जानकारी तथा लेखहरु