फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन-स्पेन सम्बन्धमा राष्ट्राध्यक्ष सीको भ्रमण अर्थपूर्ण हुने स्पेनका लागि चिनियाँ राजदूतको भनाइ

(GMT+08:00) 2018-11-24 15:36:18

स्पेनका राजा फिलिप छैटौँको निमन्त्रणामा चीनका राष्ट्राध्यक्ष सी चिनफिङले नोभेम्बर २७ देखि २९ सम्म स्पेनको राजकीय भ्रमण गर्नुहुने भएको छ। भ्रमण हुनुअघि स्पेनका लागि चिनियाँ राजदूत ल्यु फानले हिजो नोभेम्बर २३ तारिख चिनियाँ संचारमाध्यमसँगको अन्तर्वार्तामा राष्ट्राध्यक्ष सीले गर्नुहुने स्पेन भ्रमण चीन-स्पेन सम्बन्धमा बिँडो थाम्ने भूमिका निर्वाह गर्ने ठहर व्यक्त गर्नुभएको छ।

सन् २०१८ चीन र स्पेन बीच दौत्य सम्बन्ध स्थापित भएको ४५ औँ वार्षिकोत्सव हो। राष्ट्राध्यक्ष सीले गर्नुहुने भ्रमणको अर्थबारे चर्चा गर्दै राजदूत ल्युले भन्नुभयोः भ्रमणमा राष्ट्राध्यक्ष सीले पश्चिमी मुलुकका नेतासँग आपसी चौतर्फी रणनीतिक साझेदारी सम्बन्धलाई यथेष्ठ पार्ने, बेल्ट एण्ड रोड रणनीति जोड्ने, विभिन्न क्षेत्रमा हुने सहयोगलाई गहन पार्ने बारेमा बैचारिक आदानप्रदान गर्नुहुने छ। साथै उहाँहरूले साझा अभिरूचि भएका अन्तर्राष्ट्रिय तथा क्षेत्रीय विषयबारे व्यापक रूपमा आदानप्रदान गर्नुहुने छ। यसका अतिरिक्त, उहाँहरूले सम्बद्ध सहयोग सम्झौताको हस्ताक्षर समारोहमा पनि भाग लिनुहुने छ। उहाँहरू बीच सम्पन्न हुने महत्वपूर्ण मतैक्यहरूबाट आपसी सम्बन्धको विकासको उज्ज्वल भविष्यको लागि दिशा दर्शाइने छ।

राष्ट्राध्यक्ष सीको भ्रमणबाट आपसी सम्बन्धबाहेक, चीन-यूरोप सम्बन्धको लागि पनि निकै अर्थपूर्ण हुने विश्वास पनि राजदूत ल्युले प्रकाश पार्नुभएको छ।

जानकारी तथा लेखहरु